शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नबिल बैंकको सहयोगमा लहान लायन्स क्लव द्वारा न्यानो लुगा वितरण
माघ १, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ माघ १ गते 
नबिल बैंक लहान शाखाले लायन्स क्लव अफ लहान सिटिको सहकार्यमा सिरहाको लहान नगरपालिका अन्तर्गत वाड नम्बर १ ,२,३,४,५,७,२० र २१ का दलित अति बिपन्न परिवारहरुलाई चिसो बाट बचन केहि राहत महसुस होस् भनि न्यानो लुगा वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी नबिल बैंक लहान शाखा र लायन्स क्लव अफ लहान सिटिले शितलहर बाट प्रभावित दलित जनसमुदायलाई न्यानो लुगा वितरण गरिएको छ।

लहान बजारको प्रशिद्ध दुर्गा मन्दिरको अगाडी वाड नम्बर ७ स्थित भएको न्यानो लुगा वितरण कार्यक्रममा अति विपन्न वाड नम्बर १ का ८५ जाना  , २ का ६१ जना , ३ का ५० जना ,४ का ३० जना ,५ का ३० जना ,७ का ४० जना ,२० का ६१ जना , २१ का ३५ जना लगायत साधु बाबा ,बृद्द बृद्दा सहित ५७५ जना लाई ब्लान्केट वितरण गरिएको लायन्सका जोन चेयर पर्सन चक्रपानि दाहालले जानकारी दिनु भयो।   

न्यानो लुगा वितरण कार्यक्रमा नबिल बैंक लहान शाखा म्यानेजर रेनु प्रधान, लायन्स क्लव अफ लहान सिटिका अध्यक्ष विकाश सारडा , वडा नम्बर ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता , ३ का रामदयाल महतो र २१ का हेमन्त यादव लगायत अपाङ्ग संघका संजय अग्रवाल , लहान सिटि जेसिजका अध्यक्ष उमेश चौधरी , राजाबाबु साह , सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष मनिष सारडा , दुर्गा मन्दिर समितिका अध्यक्ष बिनोद साह , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका संचालक फिरोज शेख, लायन्सका पुर्व अध्यक्ष अशोक अग्रवाल ,धरणीधर अधिकारी ,शिव शंकर महतो ,पाण्डव हमाल ,लायन्स कार्यसमितिका उपाध्यक्ष रियासत लिमि ( मुन्ना ) र संजय राज शर्मा , सचिव सुदिप चौधरी , सल्लाहकार अशोक अमात्य , मधेश आन्दोलनका अगुवा कृष्णा बहादुर यादव , मानवअधिकार कर्मी सुनिल साह ,अडिटर उमेश साह , डाक्टर ओम प्रकाश चौधरी लगायत नेपाल प्रहरी तथा शस्सत्र प्रहरीको उपस्थिति रहेको थियो।

यसै बीच सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष मनिष सारडाले त्यहा आउनु हुने सम्पूर्ण जनसमुदायका लागि चिया बिस्कुटको व्यवस्था गर्नु भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.