शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज ११ औ बलिदानी दिवस - मधेश आन्दोलनको उदगम स्थल
माघ ५, २०७४ | फिरोज शेख

फिरोज शेख लहान -२०७४ माघ ५ -
मधेश आन्दोलनको उदगम स्थल लहानमा ११ औ बलिदानी दिवस मनाउने तयारी पुरा भएको छ । प्रथम मधेश आन्दोदनमा पाँच जना यूवाले लहानमा शहादत प्राप्त गरेपछि आन्दोलन उत्पकर्षमा पुगेको थियो । यहि आन्दोलनको भरमा देशमा संघियता आएपनि लहानले खासै उपलब्धी हासिल गर्न नसकेको गुनासो सर्वत्र हुन थालेका छन । लहानलाई छाँयामा पारेकै कारण सिरहा जिल्लामा मधेशी दलहरुले उचित स्थानमा निर्वाचित हुन नसकेको मधेश आन्दोलनका अगुवाहरुले नै गुनासो पोख्न थालेका छन । आठ प्रदेश सभामध्ये दुई र चार संसदीय क्षेत्र मध्ये एक स्थानमा विजय भएको छ भन्ने १७ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा जित हात पारेको छ भन्ने पहिलो संविधान सभामा ६ वाटा क्षेत्र मध्ये पाँच क्षेत्रमा विजय भएको थियो ।  मधेश आन्दोलनको क्रममा रमेश महतो , विजय सहनी , प्रमोद सदाय , अनिस अन्सारी र वेचन यादवले बलिदानी दिएको सम्झनामा माघ ५ गते लहानमा बलिदानी सभा मनाउदै आईरहेको छ । आज शुक्रबार माघ ५ गते  ११ औ बलिदानी दिवसमा राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरमका केन्द्रिय नेताहरु क्रमशः  महन्थ ठाकुर , राज किशोर यादव , राजेन्द्र महतो , महेन्द्र राय यादव शरद सिंह भण्डारी र उपेन्द्र यादव आउनु हुने कार्यक्रम रहेको बलिदानी दिवस तयारी समितिका अगुवाहरु विजय महतो , राम चलितर महतो , रोशन गुप्ता र दिनेश महतोले जानकारी दिनु भएको छ ।  उहाँहरुले सहिदहरुकाको शालिकमा मल्यापर्ण गरि बृहत बलिदानी सभालाई सम्बोधन गर्नु हुने आयोजकले जनाएको छ । 

मधेश आन्दोलनको अगुवा कृष्ण वाहादुर यादव भन्नुहुन्छ –मधेश आन्दोलनको उपलब्धी कम र आन्दोलनको चेक भजाएर नेताहरु मोटाउने काम वढी भयो । मधेश आन्दोलनको उदगम स्थल लहानलाई उपेक्षा गरेकै कारण स्थानीय तह , संघ र प्रदेशको निर्वाचनमा लहानले चुनावी परिणाम मधेशवादी दलको पक्षमा देखिएन । २ नम्वर प्रदेशको राजधानी लहान बनाउन मधेशवादी दलहरुले चुनावी घोषणा पत्रमा समेटन नसक्नु कमजोरी भएको गुनासो गर्दै बलिदानी सभामा मलाई नै नबोलाउने गरेको गुनासो समेत भयो । बलिदानी दिवसको अवसरमा मैले नेत्र दान गरेको जानकारी यादवले दिदै लहानलाई २ नम्वर प्रदेशको राजधानी बनाउने घोषणा बलिदानी सभामा नेताहरुले सामूहिक प्रतिवद्धता गर्नुपर्ने आफनो धारणा व्यक्त गर्नु भएको छ । “मधेशी सहिदहरु प्रति आगाध माया र भावना मधेशी जनताको अझै पनि जोडिएको छ । मधेश आन्दोलनकै उपलब्धी समावेसी सहभागिता , संघियता र पहिचान भएकोले सवै उपलब्धी एकै पटक प्राप्त नभएपनि यसको लागि मधेशी दलहरु आवाज मधेशी दलहरुले उठाई रहेकै छन । अब अधिकार  र विकास दुवैको लागि मधेशी दलहरु बम दलसंग पनि गठवन्धन गरेर २ नम्वर प्रदेशमा सरकार बनाउनु पर्ने अवश्यक्ता रहेको छ । ” संघिय समाजवादी फोरम नेपालवाट लहान ७ को वाडाध्यक्षमा निर्वाचित बलिदानी दिवस तयारी समितिका अगुवा रोशन गुप्ताले भन्नुभयो । २०६३ सालको लोकतान्त्रिक आन्दोलनमा  राजा महेन्द्रको शालिक आन्दोलकारीहरुले ढालेका थिए । खाली रहेको ठाँउमा लगतै सम्पन्न मधेश आन्दोलन पश्चात दु वर्ष अगाडि लहानमा ज्यान उत्सर्ग गर्नुहुने सहिदहरुको शालिक राखेका थिए । 


बलिदानी दिवसको तयारीको लागि लहान नगरपालिकाले लहानको मुख्य चोकमा अवस्थित शहिद पार्कको रंग रोगन गर्न सहयोग गरेको छ । बलिदानी दिवसको अबसरमा मधेशवादी दलहरुले फराकिलो भएर अन्य प्रमुख राजनीतिक दलहरुलाई समेत सहभागी गराउनु पर्ने अवाजहरु पनि उठन थालेको छ । सिरहा १ प्रदेश सभा क र ख का प्रदेश सभा सदस्यहरु क्रमशः लगन लाल चौधरी र अशोक यादव लहान नगरपालिका प्रमुख मुनि साहले सबै दलले सामूहिक रुपमा मधेशी शहिदहरुलाई सम्मान गर्न बदिलानी सभामा आयोजकले बोलाउन किन कन्सुस्याई गरिरहेका छन ? गम्भीर विषय भएको भन्दै संकिर्णताले सम्पन्नता र समानता नआउने भएकोले फराकिलो भएर मधेश आन्दोलनमा सबै दलले सघाएकै कारण ऐतिहासिक आन्दोलन लहानवाट भएको थियो । मधेशी जनताको भावना र सहिदहरुको सपना सकार गर्न मधेशी दलहरुले कहि चुकेको कारण नै लहानका जनताहरु टाढिन थालेको हो कि भन्ने समिक्षा गर्नुपर्ने धारणा राख्नु भएका छन । 

बदिलानी दिवसको अवसरमा सखुवानन्कारकटी गाँउपालिका ३ मिर्जापूरमा सहिद प्रमोद साहको शालिक अनावरण गर्ने कार्यक्रम रहेको संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य राजलाल यादवले जानकारी दिनु हुँदै आफूले सहिद परिवारलाई सधै माया स्नेह गर्दै आएको ठोकुवा गर्नु भएको छ । उहाँले भन्नुभयो, “म सभासदमा पहिदलो संविधान सभामा  निर्वाचित हुँदा विना विभागीय मन्त्री हुँदा सहिद परिवारको व्यावस्थापनमा निकै समय खर्चेको कारण मलाई सहदिहरुको मन्त्री भनेर पनि भन्थे भन्ने प्रसंग कोटयाउनु हुँदै मधेश आन्दोलनको उदगम स्थल लहानलाई २ नम्वर प्रदेशको राजधानी बनाउनु पर्ने बताउनु भएको संचारकर्मी जिवछ उदासीले जानकारी दिएका छन। ”

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.