शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न , १ सय भन्दा बढी लाभान्वित
चैत्र २३, २०७४ | फिरोज शेख

लहान २०७४ चैत्र २३ - 
सिरहाको लहान ३ होस्पिटल चौकमा अवस्थित अल्फ्रेड हेल्थकेयर एण्ड डायगनोस्टिक सेन्टर प्रालिको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । डाक्टर विवेक प्रभात साह एमडी कन्सल्टेन्टको उपस्थितिमा भएको उक्त  नि:शुल्क स्वास्थ्य शिविरमा १ सय भन्दा बढी सर्व साधारणले आ-आफ्नो चेकजाच गराई लाभान्वित भएका छन्। शिविरमा चिनी , प्रेसर ,दम ,मुटुरोग , थाइराइड , ग्यास्ट्रिक लागायतका रोगहरुको चेकजाच गरिएको डाक्टर विवेक प्रभात साहले जानकारी दिएका छन् । शिविरमा चेकजाच गराउने विरामीहरुलाई नि:शुल्क औषधि समेत प्रदान गरिएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.