शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० माघ २० - 
सिरहाको लहानबाट लागूऔषधसहित दुई छोरासहित बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ७ का ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराद्वय वर्ष २९ का प्रमोद कुमार ठाकुर र वर्ष २५ का राकेश कुमार ठाकुर छन् ।लागूऔषध कारोबार गरी राखेको गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार सिरहा र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट संयुक्त टोलीले शुक्रबार उनीहरुलाई पकाउ गरेको हो ।उनीहरु डेरा गरि लहान ८ स्थित बसिरहेको कोठामा खानतलासी गर्दा लागूऔषध प्रतिबन्धित कोडबिल १५ बोतल, Wixdin १०० ml को ६५ बोतल, डाईजाफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल, नुरफ्रेन ६ एम्पुल प्रहरीले बरामद गरेको छ । साथै  नगद १ लाख ३९ हजार बरामद गरि थप अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.