शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लव अफ लहान फुलबारीका अध्यक्ष गुप्ता द्वारा पदभार ग्रहण
भाद्र २७, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ भदौ २७ - 
समाज सेवामा छुटै पहिचान बनाएको लायन्स क्लव अफ लहान फुलबारीका अध्यक्ष शंकर प्रसाद गुप्ताले बुधबार राति पदभार ग्रहण गरेका छन् । लायन्स क्लवको तेस्रो पदस्थापना कार्यक्रममा गुप्ता लगायतका पदाधिकारीहरुले सपथग्रहण गर्दै पदभार ग्रहण गरेका हुन्। लायन्स क्लव अफ लहान फुलबारीको सन् २०२४÷०२५ का लागि अध्यक्ष शंकर प्रसाद गुप्ता, प्रथम उपाध्यक्ष कासिंद्र प्रसाद यादव , दोस्रो उपाध्यक्ष श्याम सुन्दर साह र तेस्रो उपाध्यक्ष मानिस सारडा , सचिव दिपेन्द्र साह,कोषाध्यक्ष शिव दयाल महतो ,क्लब मेम्बरसिप चेयरपर्सन शुभाष चन्द्र चौधरी,सर्भिस चेयरपर्सन विजय कुमार यादव , एल सी आई पी राहुल सारडा ,मार्केटिंग चेयरपर्सन डा.शुशंत स्वतन्त्र लगायत क्लब डाइरेक्टर सदस्यहरुमा राम प्रमोद यादब ,रुबी गिरी ,शर्मिला यादव ,संजय अग्रवाल ,उमेश चौधरी ,खुश्बु जयसवाल ,प्रिती चौधरी , हेल्थ चेयरपर्सन डा.बिनय कुमार यादव ,मिडिया डाइरेक्टर फिरोज शेख ,सह-सचिव उपेन्द्र यादव र सह -कोषाअध्यक्ष डा.रितेश गिरीलाई कार्यक्रमका विशिष्ट अतिथि डिस्ट्रिक ३२५ एफका गभर्नर शंकर कुमार सारडाले पद तथा गोपनियताको सपथ गराउदै पदबहाली गराएका थिए।

बर्ष २०२३ /०२४ का अध्यक्ष राजबाबु साहको अध्यक्षता तथा लहान नगरपालिकाका नगर प्रमुख  महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यता, पुर्व डिस्ट्रिक गभर्नर तथा समाजसेवी मुरारीलाल मुरारकाको  विशिष्ट आतिथ्यतामा सम्पन्न पदस्थापना कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनलका एल सी आई पी चक्रपाणि दाहाल, लायन्स डिस्टृक्ट प्रकोप सतर्कता कोअर्डिनेटर धरणीधर अधिकारि ,जिल्ला उधोग वाणिज्य संघ सिरहाका अध्यक्ष तथा लायन्स क्लव अफ लहान फुलबारीका संरक्षक बिकास सारडा , नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता, क्लबका संस्थापक अध्यक्ष राकेश झा,लहान सिटि जेसिजका अध्यक्ष उमेश यादव , लायन्स क्लव अफ लहान सिटीका अध्यक्ष उज्ज्वल साह लगायत संचारकर्मी , विभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रमुखहरुको उपस्तिथी रहेको थियो। कार्यक्रमा उपस्थित अतिथिहरुलाई मायाको चिनोले सम्मान गर्नुका साथै बर्ष २०२३ /०२४ लाई उत्कृष्ट बनाउन योगदान दिएका बिभिन्न पदाधिकारीहरुलाई अध्यक्ष साहले पुरस्कृत समेत गरेका थिए। कार्यक्रममा नयाँ सदस्यको रुपमा दिप माला गुप्ता ,मनिष कुमार यादव र राम गणेश महतोलाई कल्बको सदस्यता प्रदान गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.