10 Views
फिरोज शेख लहान २०८१ फागुन ७ -
"उपमेयर कप"दोस्रो डे&नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न दोस्रो खेलमा लहान ८ ( ब्लु) आठ विकेटले विजय भएका छन् | टस जितेर पहिला ब्याटिंग गरेको लहान ३ ( रेड ) ले निर्धारित २० भरमा ५ विकेट गुमाई १२४ रन बनाएका थिए | लहान ३ रेडका लागि श्रवन यादवले ६० बलमा ४ चौका र १ छक्काको मदतले ४९ रन बनाएका थिए भने बिरेन्द्र पासवानले २६ बलमा २ छक्काको मदतले २२ रनको योगदान दिएका थिए। बलिङ्ग तर्फ लहान ८ ( ब्लु) का रंजन देव ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए भने नितिश यादव ४ ओभरमा २२ रन दिएर १ विकेट लिन सफल भएका थिए। १२५ रनको विजय लक्ष्य सहित दोस्रो इनिङ्ग खेल्न आएका लहान ८ ( ब्लु) का खिलाडी विवेक मण्डलले आक्रमक ब्याटिंग गर्दै ३९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन र पंकज साहले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरि २७ रन बनाउदै १३ ओभर २ बल खेल्दै २ विकेटको क्षतिमा १२६ रन बनाई लहान ८ ( ब्लु) लाई दोस्रो जित दिलाएका छन्। लहान ८ ( ब्लु) यस अहि उद्घाटन खेलमा लहान ६ लाई ३० रनले हराएका थिए। बलिङ्ग तर्फ लहान ३ ( रेड ) का नरेश चौधरीले २ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए। म्याचको उत्कृष्ट खिलाडी विवेक मण्डल भएका छन्।
प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा लहानका उपमेयर राम चलितर महतो रहेका छन्। भने पावर्ड बाई: एनसेल , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो रहेका छन्। प्रतियोगिता अन्तर्गत आज बुधबार पनि दुई खेल हुने आयोजकले जनाएका छन्। आज हुने पहिलो खेलमा लहान वडा न.८ ( A ) र २३ आमुने सामुने हुने छन् भने दोस्रो खेलमा लहान वडा न.१९ र लहान २४ भिड्ने छन्। लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगितामा सहभागी १६ वटै टिमलाई उपलब्ध गराउन सके एक म्याचमा २ जना मधेश प्रदेश भित्रका जुन सुकै खिलाडीलाई खेलाउन पाउने गरि नियम बनाएका छन्।