शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिजले स्कलरशिपमा कम्प्युटर तालिम दिदै

1 Views

बैशाख ६, २०८२ | फिरोज शेख

फिरोज शेख लहान २०८२ -बैशाख ६ - 
लहान सिटि जेजिजले २०८१ को एसईई परीक्षा दिनुभएका विद्यार्थीहरुका लागि ९०% स्कॉलरशिपमा कम्पुटर तालिम दिन लागेका छन्। लहान सिटि जेसिज बर्ष २०२५ का अध्यक्ष जेसी देवनलाल ठाकुरका अनुसार लहान सिटि जेसिजको जेसिज इन एजुकेशन ( JIE ) प्रोजेक्ट " जे सी आई लहान सिटि छात्रवृति -२०२५ " अन्तर्गत ९०% स्कॉलरशिप लहानमा अवस्थित गणपति कम्प्युटर इन्सिच्युटको सहकार्यमा " डिप्लोमा इन कम्प्युटर एप्लिकेशन " तालिम दिन लागेका हुन्। यस तालिममा सामुदायिक विधालयबाट बर्ष २०८१ को एसईई परीक्षा सहभागी भएका विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन। तालिममा सहभागिता जनाउन बर्ष २०८१ को एसईई परीक्षाको प्रवेश पत्रको प्रतिलिप र पासपोर्ट साइजको २ प्रति फोटो उपलब्ध गराउनु पर्ने जनाइएको छ। तालिममा सहभागिता जनाउन यहि मिति २०८२ बैशाख १३ गते शनिबार दिउँसो ३:३० बजे गणपति कम्प्युटर इन्सिच्युट लहान ८ मा हुने लिखित ( वस्तुगत ) परिक्षामा सहभागी हुनुपर्ने छ। परिक्षा दसतिर एक सय मात्र राखिएको छ। सिट सिमित भएकोले यस्तो मौकाको फाइदा उठाउन र आफ्नो सिट सुरक्षित गर्न ९८४२९८२८९१ ,९८०१५९१९९९ र ९८०५९३९३७२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.