34 Views
फिरोज शेख लहान २०८१ फागुन २५ -
लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिताको उपाधि लहान ३ ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा लहान ८ (ब्लु ) लाई ७ विकेटले हराउदै लहान ३ उपाधि उचालन सफल भएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको लहान ८ ले निर्धारत ओभरमा अल आउट हुँदै ११३ रङ बनाएको थियो। लहान ८ का लागि विवेक मण्डल ३० र आयुष बिकले २७ रन्को योगदान दिएका थिए। लहान ८ लाई ११३ रनमा रोक्न लहान ३ का पप्पु यादव र विक्रान्त यादवले कसिलो बलिङ्ग गर्दै ३/३ विकेट लिएका थिए।
११४ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान ३ का खिलाडीहरुले उत्कृष्ट ब्याटिंग गर्दै १८ ओभरमा ३ विकेट गुमाई विजय लक्ष्य पुरा गर्दै "च्याम्पियन" भएका हुन्। लहान ३ का लागि फाइनल अफ द म्याच घोषित भएका पप्पु यादव ४२ बलमा ५ चौका र २ छक्काको मद्दतले ५२ रन बनाए भने रुद्र प्रताप साह नट आउट रही २० रनको पारि खेल्दै आफ्नो टिमलाई विजय गराउन सफल भएका थिए। यता बलिङ्ग तर्फ लहान ८ का गौरी मण्डल र बिकाश दासले एक / एक विकेट लिए भने एक खिलाडी रन आउट भएका थिए।
उपाधि विजेताले प्रमाणपत्र ,ट्रफी संगै रु.६१ हजार नगद प्राप्त गरेका छन् भने उप विजेताले प्रमाणपत्र , ट्रफी सहित ३१ हजार नगद रकम प्राप्त गरका छन्। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खिलाडी घोषित भएका लहान ८ का नितेश यादवलाई ट्रफी सहित रु.११ हजार,बेस्ट ब्याट्सम्यान घोषित भएका लहान ४ का सजाद अन्सारी र बेस्ट बलर लहान ४ कै शम्भु मण्डललाई ट्रफी सहित रु. ५१०० / ५१०० हस्तान्तर गरिएको छ। प्रतियोगिता अन्तर्गत भएका २६ खेलमा म्यान अफ द म्याच घोषित खिलाडीहरुलाई ट्रफी सहित रु.११०० / ११०० सय प्रदान गरिएको गरिएको छ भने इमर्जिङ्ग खिलाडी लहान ३ का क्याप्टेन विक्की राय र बेस्ट विकेट किपर घोषित भएका लहान ८ का विवेक मण्डल ( त्रिपाठी ) लाई ट्रफी प्रदान गरिएको छन्। आयोजकका अनुसार प्रदान गरिएको पुरस्कार राशि बाट नेपाल सरकारको कर कट्टा गरि बाँकी रकम हस्तान्तरण गरिएको छ।
पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता लहान युवा समाजका अध्यक्ष लव कुमार मण्डलले गरेका थिए भने प्रमुख अतिथिका रुपमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा मधेश प्रदेश सभा सदस्य ललिता बिद्रोही दास,लहान नगर उपप्रमुख राम चलितर महतो,एनसेलका एरिया सेल्स म्यानेजर शैलेश कुमार यादव ,जसपा नेपालका केन्द्रीय सदस्य प्रिया सिंह थारु राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश सभापति ई. तपेश्वर यादव , मधेश प्रदेश नेपाल इञ्जिनियरिङ्ग एसोसिएसनका सभापति ई. गौरी पण्डित ,एन ई ए केन्द्रिय सदस्य ई.तेज नारायण यादव , एन ई ए मधेश प्रदेश सचिव ई.अजित मण्डल,एन ई ए सिरहा जिल्ला अध्यक्ष प्रविन कुमार यादव ,उपाध्यक्ष ललित नारायण यादव ,राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति हरि मैनाली,लहान ३ का वडा अध्यक्ष राम दयाल महतो,सफ्टेक कलेजका संस्थापक डाक्टर महादेव साह,एभरेष्ट कलेजका प्रमुख धरणीधर अधिकारि,नेकपा माओवादी केन्द्र लहान नगर अध्यक्ष हेमन्त यादव , किसान आन्दोलनका अगुवा अजय चौधरी , शेख मिडिया हाउस प्रालिका प्रमुख फिरोज शेख लगायतले शुभकामना मन्तव्य राख्दै बिभिन्न बाधा तथा अबरोधलाई पन्छ्याउदै क्रिकेट प्रतियोगिता सफलता पुर्वक खेलाउन सफल भएकोमा आयोजक प्रति धन्यवाद ज्ञापन गर्दै लहानमा एउटा स्टेडियमको स्थापना हुनु पर्ने र यसमा स्थानीय सरकार तथा प्रदेश सरकारले पहल गर्नुपर्ने कुरामा जोड दिदै खेलकुदमा राजनीति गर्ने तत्वहरुलाई सुध्रिन चेतावनी समेत दिएका छन्। प्रतियोगितालाई भव्यताका साथ् सफल बनाउन सहयोग गर्ने सहयोगी,स्पोनर,लहान युवा समाजमा आबद्ध युवाहरु, प्रमुख अतिथि ,अतिथि लगायतलाई मायाको चिनोले सम्मानित गरिएको थियो। कार्यक्रम संचालन युवा खिलाडी तथा इन्जिनियर अरविन्द रामले गरेका थिए। प्रतियोगिता अबधिभर निर्णायक एम्पायरको रुपमा संजय चौधरी र बिक्रम खेमाङ्ग रहनु भएको थियो भने स्कोररका रुपमा तार्पेश्वर मुखिया , म्याच रेफ्रीका रुपमा मधेश प्रदेशका महिला खिलाडी सरस्वती चौधरी रहनु भएको थियो। त्यस्तै प्रतियोगिता अबधिभर खेलको कमेंट्री हसमुख राय ,अरविन्द राम र लव मण्डलले गरेका थिए।
प्रतियोगिताको मुख्य प्रायोजक लहानका उपमेयर राम चलितर महतो रहेको थियो भने पावर्ड बाई: एनसेल , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो लगायत अन्य सहयोगी संस्थाहरुको सहयोग रहेको थियो। सहयोगी संस्थाहरु प्रति लहान युवा समाजका युवाहरु कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ् र सहयोग पाउने भनि अपेक्षा समेत गरेका छन्।