शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान ३ ( ब्लु )

10 Views

फाल्गुन ११, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन ११ - 
सिरहाको लहानमा लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा खेलमा लहान वडा न.३ ( ब्लु ) विजय भएका छन्। आइतबार लहान ७ लाई ६१ रनले हराएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको लहान ३ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १४६ रन बनाएको थियो। लहान ३ का लागि नरेश कामैत ३८ र रुपेश यादले २९ रनको योगदान दिएका थिए। बलिङ्ग तर्फ लहान ७ का आलोक यादवले २ र धिरज श्रेष्ठले १ विकेट लिए। १४७ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान ७ का खिलाडीहरुले अपेक्षा अनुरुप प्रदर्शन गर्न सकेनन्। लहान ७ का पार्थिव यादवले २७ रन बनाउनु बाहेक कसैले दोहरो अंकमा रन बनाउन सकेन। लहान ७ लाई १९ ओभर १ बलमा अल आउट गर्दै ८५ रनमै समेटन लहान ३ का लागि कसिलो बलिङ्ग गर्दै नरेश कामैतले २ विकेट र बिक्की राइले १ विकेट लिए भने अन्य खिलाडी रन आउट भएका थिए। उत्कृष्ट ब्याटिंग तथा बलिङ्ग गरेका नरेश कामैत म्यान अफ द म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत  अहिले लहान ८ ( A ) र लहान २४ बीच प्रतिस्पर्धा भइरहेको छ। खेल जितने टिम सेमिफाइनलमा जाने छन् भने हार्ने टिम बाहिरिने छ्न।

प्रतियोगिताको मुख्य प्रायोजक लहानका उपमेयर राम चलितर महतो रहेका छन्। भने पावर्ड बाई: एनसेल , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो रहेका छन्।  लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगितामा  १६ वट टिम सहभागी भएका छन्। 

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.