14 Views
फिरोज शेख लहान २०८१ फागुन ६ -
"उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो लहान ७ र २२ बीच सम्पन्न रोमान्चक खेलमा लहान ७ विजय भएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको लहान ७ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १२७ रन बनाएको थियो। लहान ७ का लागि निशचल गुप्ताले ३७ र दिपेश दासले ३५ रन बनाएका थिए। बलिङ्ग तर्फ लहान २२ का दुर्गेश यादव ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए भने विजय यादव ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए।
१२८ रनको विजय लक्ष्य सहित सहित मैदानमा आएका लहान २२ का खिलाडीहरु मध्ये दुर्गेश यादवको ३३ रन र शिक्षित यादवको १८ रनको मद्दतले निर्धारित २० ओभरमा अल आउट हुँदै १२६ रनमा समेटिदा लहान ७ एक रनको रोमान्चक जित निकालन सफल भएका हुन्। लहान २२ लाई १२६ मै रोकन लहान ७ का पार्थिव प्रसाद यादव ४ ओभर बलिङ्ग गर्दै १६ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए भने सन्तोष गुप्ता ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका थिए। खेलको उत्कृष्ट खिलाडी एनपीएल खेलिसकेका पार्थिव प्रसाद यादव घोषित भएका छन्।
यसै बीच प्रतियोगिता अन्तर्गत बुधबारै सम्पन्न लहान ८ ( A ) र २३ बिचको दोस्रो खेलमा प्राबिधिक कारण लहान ८ विजय भएको आयोजक लहान युवा समाजले जनाएको छ।