शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एच .पी.भी.खोप अभियान अन्तर्गत पालिका स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम
माघ १२, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१-१०-१२  
लहान नगरपालिका स्वास्थ्य शाखा द्वारा आयोजित क्यान्सर विरुद्धको एच .पी.भी.खोप अभियान अन्तर्गत पालिका स्तरीय खोप समन्वय समितिको एक दिने अभिमुखीकरण कार्यक्रम समिताका अध्यक्ष लहान नगरप्रमुख महेश प्रसाद चौधरीको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ। एच.पि.भी. खोप अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने लक्ष्य राखेको छ। अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय जान नसक्ने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप प्रदान गरिने र यो वर्ष अभियानमा "सिकोलिन" नामक खोप उपलब्ध गराइने खोप अभियानकी अधिकृत सुनिता कडेलले जानकारी गराउनु भयो। उँहाका अनुसार एच.पि.भी. भाइरसका १६ र १८ प्रजातिबाट हुने संक्रमण रोक्न मद्दत गर्दछ। यी दुई प्रजाति पाठेघरको मुखको क्यान्सरका करिब ७१% केसका कारण हुन्।माघ २२ गते बाट संचालन हुने खोप अभियानमा लहान नगरपालिका भित्र रहेका विद्यालयमा अध्यनरत कक्षा ६ देखी १० सम्मका सबै छात्राहरु र विद्यालय नजाने १० देखी १४ बर्ष उमेर समुहका छात्राहरुलाई एच.पि.भी.खोप लगाउने जानकारी गराइएको छ। एच.पि.भी. खोप सेवा बिद्यालयमा केन्द्रहरु स्थापना हुने र सबै छात्राहरूले सेवा पाउने समेत जनाइएको छ।

खोप अभिमुखिकरण कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्षता गर्नु भएको समितिका अध्यक्ष नगरप्रमुख महेश प्रसाद चौधरीले खोपको पहुँचमा सबैलाई ल्याउनुपर्ने र कोही पनि सेवा प्रदायक आफ्नो पालिका भित्र छुट्न नहुने बताउनु भएको छ । नेपाल सरकारले लिएको लक्ष्य पुरा गर्न सबैले आ-आफ्नो तह र तप्काबाट प्रचार प्रसार गर्नुपर्ने बताउनु भयो।स्वास्थ्य मन्त्रलयले उपलब्ध गराएको तथ्यांक अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको मृत्युको दोस्रो कारण हो। नेपालमा हरेक वर्ष २ हजार १६९ महिलालाई यो रोग लाग्ने गरेको छ। जसबाट १ हजार ३१३ महिलाको मृत्यु हुने गर्दछ। खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट सुरक्षित बनाउँछ। खोप निशुल्क प्रदान गरिनेछ। कार्यक्रममा लहान नगरपालिकाका वडा अध्यक्षहरु ,स्वास्थ्यकर्मी,शाखाप्रमुख लगायत संचारकर्मिहरुको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.