फिरोज शेख लहान २०८१ माघ ७ -
नगरपालिकाले खुट्टी नहर मासेर डेन निर्मांण कार्य अगाडी बढाएको विरोधमा हिजो बेलुका लहानमा मसाल जुलुस प्रदर्शन गरिएको छ । अदालतको आदेश विपरित नगरपालिकाले कार्य गरेको विरोधमा खुटि खोला सिंचाई संघर्ष समितिले प्रदर्शन गरेका हुन्। लामो समय देखि विरोध भइरहँदा पनि लहान नगरपालिकाले निर्मांण कार्य गरिरहेको आन्दोलनकारिको आरोप छ। अदालतले नहर सौन्दर्यीकरणको कार्य अगाडी बढाउन र खुटी नहर नमासन आदेश दिएपनि नगरपालिकाले नहरलाई ढलमा परिणत गर्न थालेको उनीहरुको आरोप छ। नगरपालिकाले प्रशासनको सहयोगमा प्रहरी परिचालन गरेर निर्माण थालेको विरोधमा दलित संघर्ष समिति र खुटि खोला सिंचाई संघर्ष समिति आन्दोलित छन्। खुटि नहर निर्मांण स्थलमा नेपाल प्रहरी,शसस्त्र प्रहरी र नगरप्रहरी ठुलो संख्यामा परिचालन गरिएको छ।आयोजना निर्माणको चारैतिर प्रहरीले घेराहाली पहरा दिएको अवस्थामा हिजो दिनभरी जैसीवि सहित मजदुरहरले काम गरेको भन्दै चेतावनी स्वरूप मसाल जुलिस निकालिएको जनाइएको छ।
जवरजस्ती डेन निर्माण गर्न लागेपछि संघर्ष समितिका सदस्य एवं नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष हेमन्त यादबले तत्काल रोक्न माग गरेका छन्। यादवले यदि नगर प्रमुख महेश चौधरीले प्रशासनको आडमा जवरजस्ती गरे किसानहरु चुप नलागने बताउनु भयो। यादवले मेयरको जवरजस्तीका विरुद्ध कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन्। उहाले भन्नुभयों जनताको आवाज थुन्न लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले प्रशासनको दुरुपयोग गदें सैनिक व्यारेक जस्तो बनाएर सुरक्षाकर्मी परिचालन गर्नु आश्चार्यंजनक छ।