शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मंलवार सम्पन्न पहिलो खेलमा लहान १ आठ विकेटले विजय

11 Views

फाल्गुन ६, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन ६ - 
"उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत आज मंगलबार सम्पन्न पहिलो खेलमा लहान १ विजय भएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको लहान २ ले १४ ओभर २ बलमा अल आउट हुँदै ७१ रन भएको थियो। लहान २ का लागि सचिन यादव १३ र ओम महतो ८ रन बनाउनु बाहेक कसैले राम्रो ब्याटिंग गर्न सकेनन। लहान १ का पप्पु कुमार साहले ३ ओभर २ बलमा ९ रन खर्चेर २ विकेट लिए भने कुश मण्डल ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए। ७२ रनको विजय लक्ष्य सहित मैदानमा आएका लहान १ का खिलाडीहरु आक्रमक ब्याटिंग गर्दै मात्र ७ ओभरमा २ विकेट गुमाई ७२ रन बनाउदै विजय भएका छन्। लहान १ का लागि विवश यादव नट आउट १६ बलमा ३२ रन र निशान्त पासवानले १८ बलमा नट आउट २२ रन बनाउदै लहान १ लाई ८ विकेटले विजय गराएका छन्। बलिङ्ग तर्फ लहान २ का सन्तोष यादव २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए भने दिपक महतो १ ओभरमा ११ रन खर्चेर १ विकेट लिन सफल भए। खेलको म्यान अफ द म्याच पप्पु कुमार साहलाई घोषित गरिएको आयोजक लहान युवा समाजले जनाएका छन्। 
 

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.