शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा बजाज ग्राण्ड एक्सचेन्ज मेला शुरु

14 Views

फाल्गुन २०, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन २० - 
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले लहानमा अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गरेको छ। यही फागुन २० देखि २६ गतेसम्म बालाजु पेट्रोल पम्पको उत्तर पट्टी कैलाश सिनेमा हल अगाडी रहेको मनकामना ट्रेड लिङ्कमा उक्त एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ। यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सक्नेछन । ग्राहकहरूले नागरिकताको आधारमा मात्र सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त रू.१०,०००/– भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ, जसअन्तर्गत ९.९९% ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ ।

नयाँ जिवनको तयारी बजाजको सवारी भन्ने टयाग लाईन को साथ सन्चालन भईरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले रू. ७०००/–  सम्मको नगद छुट प्राप्त गर्न सकिनेछ । बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसोरिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, ०% सर्भिस चार्ज को विशेष सुविधा पनि रहनेछ । हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सदैव नयाँ र फरक सेवा, सुविधा प्रदान गर्दै आएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.