8 Views
फिरोज शेख लहान २०८१ फागुन १७ -
लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमीफाइनल खेलमा लहान ८ (ब्लु ) र लहान ३ विजय हुँदै फाइनल भिडन्त पक्का गरेका छन्। पहिलो सेमिफाइनल खेलमा लहान वडा न.४ ले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाई १२२ रन बनाएको थियो। लहान ४ का लागि चन्दन यादव ३० र शहजाद अन्सारीले १२ रनको योगदान दिएका थिए। लहान ४ लाई १२२ मा रोक्न लहान ८ ( ब्लु ) का सोनु मण्डल ३ र आयुष बिकले २ विकेट लिएका थिए। १२३ रनको विजय लक्ष्य सहित मैदानमा आएका खिलाडीहरुले राम्रो प्रदर्शन गर्दै ६ विकेट गुमाई निर्धारित ओभरमा १२६ रन बनाई ४ विकेटको जित निकाली फाइनल प्रवेश गरेका हुन्। लहान ८ ( ब्लु ) को जितमा तिर्थराज दासले ३७ र नितिश यादवले १९ रन बनाएका थिए। निकै उतार चढाव भएको खेलमा लहान ४ का खिलाडीहरुले बलिङ्ग राम्रो गरे पनि फिल्डरको राम्रो साथ नपाउँदा पराजित भएका हुन्। लहान ४ का खिलाडीहरुले मिस फिल्ड गर्नुका साथै खेल अबधिभर ५ वटा क्याच छोडेका थिए। बलिङ्ग तर्फ लहान ४ का शिव मण्डल २ र सन्तोष मुखियाले १ विकेट लिएका थिए। खेलको उत्कृष खिलाडी सोनु मण्डल घोषित भए।
त्यस्तै प्रतियोगिता अन्तर्गत शुक्रबार नै सम्पन्न दोस्रो खेलमा लहान ३ ले उपाधि दाबेदार मानिएका लहान ८ ( ए ) माथि १६ रनको रोमाञ्चक जित निकाल्दै लहान ८ ( ब्लु ) संग फाइनल भिडन्त पक्का गरेका छन्। टस जितेर पहिला ब्याटिंग रोजेका लहान ३ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९४ रनको सामान्य योगफल बनाएको थियो। जसमा लहान ३ का लागि नितिश महतो ३२ र अभिषेक कार्कीले ३१ रनको योगदान दिएको थियो। लहान ३ लाई ९४ रनमा रोक्न किशोर पटेल २ र अनिल शर्माले १ विकेट लिएका थिए। ९५ रनको समान्य विजय लक्ष्य सहित मैदानमा आएका राष्ट्रिय खिलाडी विवेक यादव र जनकपुर बोल्ट्सका बिशाल शुश्लिङ्ग समाविष्ट लहान ८ ( ए ) लहान ३ का खिलाडीहरुको धारिलो बलिङ्ग सामु निरिह हुँदै १६ ओभर १ बलमा अल आउट भई ७८ रनमै समेटिदा १६ रनले पराजित भएका छन्। लहान ८ ( ए ) लाई ७८ रनमै समेट्न लहान ३ का अभिषेक कार्कीले ३ र बिक्की रायले २ विकेट लिए भने अन्य खिलाडीहरुले पनि चुस्त दुरुत फिल्डिंग गर्दै आफ्नो टिमलाई फाइनल सम्म पुर्याउन सफल भए। खेलको परिणाम हेर्दा "हाथिको सुरमा कमिला पसे जस्तै भयो " भनि उपस्थित दर्शकहरुले प्रतिक्रिया दिंदै क्रिकेट खेल अनिश्चितताको खेल हो जे पनि हुन् सक्छ कसैलाई आफु भन्दा कमजोर ठान्नु हुँदैन भन्दै लहान ३ का खिलाडिहरुले देखाएको खेलले (एनपीएल) को जनकपुर बोल्ट्स र सुदूरपश्चिम बीच भएको फाइनल खेलको झल्को दिएको भनि प्रशंसा समेत गरे। खेलको उत्कृष्ट खिलाडी अभिषेक कार्की भएका छन्। प्रतियोगिता अन्तर्गत लहान ८ ( ब्लु ) र लहान ३ बीच हुने फाइनल खेलको तालिका सार्वजनिक गरिएको छैन ।