शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दोस्रो डे & नाइट क्रिकेट प्रतियोगितामा लहान २४ र ८

15 Views

फाल्गुन ६, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन ६ - 
सिरहाको लहानमा जारि "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट टुनामेन्ट अन्तर्गत सम्पन्न सोमबारको खेलमा लहान २४ र लहान ८ ( A ) विजय भएका छन्। प्रतियोगिता अन्तर्गत सम्पन्न पहिलो खेलमा लहान २४ ले लहान २३ लाई र लहान ८ ले लहान १९ लाई हराएका हुन्। सोमबार सम्पन्न पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको लहान २४ ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनाइ लहान २३ लाई १३३ को टार्गेट दिएको थियो। १३३ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका लहान २३ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १०७ रनमा समेटिदा २६ रनले लहान २४ विजय भएको आयोजक लहान युवा समाजले जनाएका छन् |

त्यस्तै सोमर सम्पन्न दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको लहान ८ ले २० ओभरमा राकेश कामैतको ३८ बलमा नटआउट ६८ रन र सुमितचन्द्र देवको २६ बलमा ३५ रनको मद्दतले १९५ रनको बिशाल योगफल तयार पार्दै लहान १९ सामु १९६ रनको चुनौती प्रस्तुत गरेका थिए | १९६ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान १९ का खिलाडीहरु लहान ८ को धारिलो बलिङ्ग सामु निरिह हुँदै निर्धारित २० ओभरमा ९ विकेट गुमाई ६७ रनमै समेटिएको थियो | लहान १९ लाई कम रनमा रोक्न लहान ८ वाट खेलिरहेका एनपीएलमा कर्णाली याक्सलाई प्रतिनिधित्व गरिसकेका नन्दन यादव र एनपीएल विजेता टिम जनकपुर बोल्ट्सलाई प्रतिनिधित्व गरिसकेका विशाल सुस्लिङ्ग, मधेश प्रदेशका अनुभवी खिलाडी अनिल मण्डल संगै अजित साहले उत्कृष्ट बलिङ्ग गरेका थिए | लहान ८ का तर्फ वाट खेलिरहेका नन्दन यादव ४ ओभरमा १ मेडन सहित् ९ रन मात्र खर्चेर ३ विकेट लिई ब्याटिंगमा पनि सम्मान जनक प्रदर्शन गरेको हुँदा उँहा म्यान अफ द म्याच घोषित भएका थिए | त्यस्तै लहान ८ का अजित साहले ४ ओभरमा ३ मेडन सहित ५ रन मात्र दिई ३ विकेट लिएका थिए | लहान १९ का खिलाडीहरु मध्ये सन्तोष भुजेल १५ र मधेश प्रदेश क्रिकेट टिमका क्याप्टन राहुल मण्डलले ७ रन बनाउनु बाहेक कसैले पनि राम्रो खेलको प्रदर्शन गर्न सकेनन् र १२८ रनले पराजित भए |

प्रतियोगिताको मुख्य प्रायोजक लहानका उपमेयर राम चलितर महतो रहेका छन्। त्यस्तै  पावर्ड बाई: एनसेल आजियाटा लिमिटेड, होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो रहेका छन्। प्रतियोगिता अन्तर्गत आज मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएका छन्। आज हुने पहिलो खेलमा लहान वडा न.१ र २ आमुने सामुने हुने छन् भने दोस्रो खेलमा लहान वडा न.३ (रेड) र लहान ८ ( ब्लु ) भिड्ने छन्। लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगितामा सहभागी १६ वटै टिमलाई उपलब्ध गराउन सके एक म्याचमा २ जना मधेश प्रदेश भित्रका जुन सुकै खिलाडीलाई खेलाउन पाउने गरि नियम बनाएका छन्। 
 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.