12 Views
फिरोज शेख लहान २०८१ फागु १४ -
लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न रोमांचक खेलमा लहान ३ र लहान ४ विजय भएका छन्। प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा लहान वडा न.३ ले टस जितेर पहिला ब्याटिंग गर्दै १९ दशमलव १ ओभरमा अल आउट हुँदै दुर्गा प्रताप साह र रुपेश यादवको ३५ /३५ रनको मद्दतले ११६ रनको योगफल तयार गरेका थिए। लहान ३ लाई ११६ रनमा रोक्न मनोज यादवले ४ र प्रबेश यादवले २ विकेट लिएका थिए। ११७ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान २१ का खिलाडीहरुले राम्रो खेलको प्रदर्शन गरे पनि एक रनले पराजित हुन् पुगे। लहान २१ का लागि मनोज यादवले ३२ र परमेश्वर साहले १८ रनको योगदान दिए पनि आफ्नो टिमको हारलाई टार्न सकेनन्। लहान २१ माथि १ रनको विजय दिलाउन म्यान अफ द मत्च भएका पप्पु यादवले २ विकेट लिए भने नरेश कामैतले १ विकेट लिएका थिए।
त्यस्तै प्रतियोगिता अन्तर्गत मंगलबार नै सम्पन्न दोस्रो रोमान्चक खेलमा लहान ४ ले लहान १ माथि २ रनको रोमाञ्चक जित निकाल्दै सेमी फ़ाइनाल प्रवेश गरेका छन्। टस जितेर पहिला ब्याटिंग रोजेका लहान ४ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १३२ रन बनाएको थियो। लहान ४ लाई सम्मानजनक योगफलमा पुर्याउन सह्जाद अन्सारीले २७ र मुकेश महतो २४ रनको योगदान दिएका थिए। बलिङ्ग तर लहान १ का पप्पु साहले २ र बैजु गुप्ताले १ विकेट लिएका थिए। १३३ रनको विजय लक्ष्य सहित मैदानमा आएका खिलाडीहरुले उत्कृष्ट ब्याटिंग गरे पनि २ रनले पराजित भएका छन् उपाधि दाबेदार मानिएका लहान १ का खिलाडीहरु निर्धारित २० ओभरमा ८ विकेट गुमाई १३० रनमै रोकिंदा २ रनले पराजित भएका हुन्। लहान १ का लागि पप्पु साहले ५ छक्का र १ चौका सहित ३९ रनमा नट आउट रहे पनि आफ्नो टिमको हारलाई टार्न सकेनन। त्यस्तै लहान१ का क्याप्टेन कुश मण्डलले १६ रन बनाए।
लहान १ लाई १३० रनमा रोक्न जय दास र क्याप्टेन तारपेश्वर मुखियालेकसिलो बलिङ्ग गर्दै सम्मान २/२ विकेट लिएका थिए। खेलको उत्कृष्ट खिलाडी तारपेश्वर मुखिया घोषित भए। लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगिता अन्तर्गत आज बुधबार हुने पहिलो खेलमा लहान ६ र लहान १ ( एलो )आमुने सामुने हुने छन् भने दोस्रो खेलमा लहान ७ र लहान २१ बीच भिडन्त हुने आयोजकले जनाएका छन्।
प्रतियोगिताको मुख्य प्रायोजक लहानका उपमेयर राम चलितर महतो रहेका छन्। भने पावर्ड बाई: एनसेल , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो रहेका छन्।