शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उपमेयर कपको फाइनल खेल आज : विजेताले ६१ हजार पाउने

13 Views

फाल्गुन २४, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन २४ - 
लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शनिबार विहान १० बजे देखि हुने आयोजकले जनाएका छन्। फाइनल खेलको पुर्व सन्ध्यामा आयोजित ट्रफ्री र पुरस्कार सार्वजनिक कार्यक्रममा आयोजक लहान युवा समाजका अध्यक्ष लव कुमार मण्डलले आज शनिबार विहान १० बजे देखि हुने फाइनल खेलमा लहान ८ (ब्लु ) र लहान ३ भिड्ने जानकारी दिएका छन्। यी दुवै टिम सेमिफाइनलमा लहान ४ र लहान ८ ( ए ) लाई परिजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्। उपाधि विजेताले ट्रफी संगै रु.६१ हजार नगद प्राप्त गर्ने छन् भने उप विजेताले ट्रफी सहित ३१ हजार नगद रकम प्राप्त गर्ने छन्। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खिलाडीले ट्रफी सहित रु.११ हजार,बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई ट्रफी सहित रु.५१००, प्रत्येक खेलमा म्यान अफ द म्याच भएका खिलाडीलाई रु.११ सय प्रदान गरिने आयोजकले जनाएका छन्। त्यस्तै इमर्जिङ्ग खिलाडी ,बेस्ट फिल्डर, बेस्ट क्याच लगायतका उत्कृष्ट खिलाडीहरुलाई ट्रफी प्रदान गरिने जनाइएको छ। आयोजकका अनुसार प्रदान गरिने पुरस्कार राशि बाट नेपाल सरकारको कर कट्टा गरि बाँकी रकम हस्तान्तरण गरिने छ।

ट्रफी सार्वजनिक कार्यक्रमको अध्यक्षता लहान युवा समाज अध्यक्ष लव कुमार मण्डलले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा लहान नगर उपप्रमुख रामचलितर महतो रहनु भएको थियो। त्यस्तै कार्यक्रमका अतिथिहरुमा नेकपा मावोवादी केन्द्रका नगर अध्यक्ष हेमन्त यादव ,नेकपा एमालेका नेता राम नारायण मेहता लगायतका रहनु भएको थियो। सहभागी प्रमुख अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव्य राख्दै बिभिन्न बाधा तथा अबरोधलाई पन्छ्याउदै क्रिकेट प्रतियोगिता सफलता पुर्वक खेलाउन सफल भएकोमा आयोजक प्रति धन्यवाद ज्ञापन गरेका थिए।

प्रतियोगिताको मुख्य प्रायोजक लहानका उपमेयर राम चलितर महतो रहेका छन्। भने पावर्ड बाई: एनसेल , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो रहेका छन्।  

 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.