शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ८ उपमेयर कपको सेमी फाइनलमा

8 Views

फाल्गुन १२, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन १२ - 
सिरहाको लहानमा लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा लहान ८ ( A ) विजय भएका छन्। लहान २४ लाई ८ विकेटले हराउदै सेमिफाइनल प्रबेश गर्ने पहिलो टिम बनेको छ।  टस जितेर पहिला ब्याटिंग गरेका लहान २४ ले १४ ओभर ५ बलमा अल आउट हुँदै ४७ रन मात्रै बनाउन सक्यो।  अहिले सम्म खेलिएका १६ वटा खेलहरु मध्ये यो कम योगफल रहेको आयोजक लहान युवा समाजले जनाएका छन्। लहान २४ का लागि आशिष यादव १२ र ज्ञानेन्द्र झाले १० रन बनाउनु बाहेक कसैले दोहरो अंकको रन बनाउन सकेन। लहान २४ लाई प्रतियोगिताकै कम योगफलमा रोक्न अनिल शर्मा र बिशाल सुश्लिङ्गले सम्मान ३/३ विकेट लिए। लहान ८ का खिलाडीहरु ४८ रनको विजय लक्ष्य मात्र ५ ओभर २ बलमा २ विकेट गुमाई ४९ रन बनाउदै भेटाएका थिए। लहान ८ का लागि बिशाल सुश्लिङ्गले १७ र निशान्त यादव १० रन बनाएका थिए। बलिङ्ग तर्फ लहान २४ का शुशिल राय र ज्ञानेन्द्र झाले एक-एक विकेट लिएका थिए।

प्रतियोगिताको मुख्य प्रायोजक लहानका उपमेयर राम चलितर महतो रहेका छन्। भने पावर्ड बाई: एनसेल , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो रहेका छन्।  लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगितामा  १६ वट टिम सहभागी भएका छन्। प्रतियोगिता अन्तर्गत आज सोमबार लहान ८ ब्लु र लहान १ ब्लु आमुने सामुने हुने छन् भने लहान ५ र लहान २ भिड्ने छन्। 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.