शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित होली महोत्सव भव्य रूपमा

8 Views

फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता

सियाराम यादव ,दोहा कतार २०८१ फागुन १० - 
मधेस प्रदेश समन्वय परिषद कतारद्वारा आयोजित होली महोत्सव तथा परिषदको चौथो स्थापना दिवस हिजो शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव रहेका थिए। मधेस प्रदेश समन्वय परिषद कतारले २८ वटा मधेसी संघसंस्थाहरूको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो, जसमा प्रवासमा रहेका मधेसी समुदायको उत्साहजनक सहभागिता देखिएको थियो।उक्त अवसरमा अन्तर्राष्ट्रिय मैथिली कला परिषदको विशेष प्रस्तुति रहेको थियो। होलीका परम्परागत गीत, जोगिरा तथा अन्य सांस्कृतिक कार्यक्रमहरूले समारोहलाई झनै रमाइलो बनाएको थियो। प्रमुख अतिथिले जोगिराको मनोरञ्जन लिँदै प्रवासमा पनि होलीको उल्लासपूर्ण वातावरण देखेर खुसी व्यक्त गरे।कार्यक्रमलाई सफल बनाउन मधेस प्रदेश समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद नियाज शेख र संयोजक मधेसी एकता कतारका अध्यक्ष शिवकुमार महतोको महत्वपूर्ण भूमिका रहेको थियो। विभिन्न संघसंस्थाहरूको सहयोगमा कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.