शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उद्घाटन खेलमा लहान ८ ( ब्लु ) विजय,खेलकुद बाट पनि

11 Views

फाल्गुन ३, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन ३ - 
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राम्रो खेलाडीको रुपमा आफुलाई स्थापित गर्न सके खेलकुद बाट पनि आय आर्जन गर्न सक्ने बताउनु भएको छ। शनिबार दोस्रो डे & नाइट उपमेयर कप टि -२० क्रिकेट टुनामेन्ट लहानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उँहाले त्यसको लागि संघ, प्रदेश र स्थानीय तहमा राम्रो स्टेडियम,खेल प्रशिक्षक र लगनशिल खिलाडी हुनु पर्ने कुरामा जोड दिनुभयो। उहाले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताउनु हुँदै आफु पनि पशुपति आदर्श मावि बाटै एसएलसी उतिर्ण गरेको स्मरण गर्दै बिगतमा पनि म यसै खेल मैदानमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आज खेलकुद मन्त्रीको रुपमा यस खेल मैदानमा प्रमुख अतिथिको रुपमा बोलन पाउँदा गौरवान्वित भएको छु। उँहाले अब आउने बजेटमा लहानको खेल विकासका लागि मेरो अतुलनीय सहयोग रहने उद्घोष गर्नुहुँदै  दोस्रो डे & नाइट उपमेयर कप टि -२० क्रिकेट टुनामेन्टका आयोजक लहान युवा समाजलाई पनि यस प्रतियोगितामा आफुले केहि न केहि सहयोग गर्ने बताउनु भयो। ‘मैले सुनेको छु, क्रिकेट खेलका लागि लहानमा संरचना, भौतिक पूर्वाधार सुविधा सम्पन्न छैन। खेल कुदका लागि भौतिक संरचना हुनुपर्छ’, भन्दै यसमा स्थानीय सरकार र प्रदेश सरकारले पनि ध्यान दिनु पर्ने बताउनु भयो।

लहान उपप्रमुख राम चलितर महतोको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्ने क्रममा नेकपा माओवादी केब्द्र्का नगर अध्यक्ष हेमन्त यादव, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष बिनोद साह , नेपाली कांग्रेसका युवा नेता सरोज यादव ,नेपाल पत्रकार महासंग सिरहा सभापति मनोज बनैताले खुल्ला बोर्डरका कारण युवायुवतीहरु लागु औषधमा तलिन भइरहेको समयमा लहान युवा समाजले यस प्रतियोगिताको आयोजना गरि उदाहरणीय कार्य गरेको भन्दै युवाहरुलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा निरन्तर संलगन गराउन स्थानीय सरकार चुकी रहेको गुनासो गर्दै यस्ता प्रतियोगिताहरुमा स्थानीय तहलाई सक्रिय हुन् आग्रह गर्दै प्रमुख अतिथि चौधरीलाई लहानमा एउटा क्रिकेट स्टेडियम निर्माणका लागि पहल गरिदिनुहुन आग्रह समेत गर्नु भयो। कार्यक्रमा सुरक्षा निकायका प्रमुख ,बिभिन्न राजनितिकदलका प्रतिनिधि , समाजसेवी ,खेलप्रेमी ,खिलाडी ,संचारकर्मी लगायत प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएका पवार्ड बाई  एनसेल आजियाटा लिमिटेडका बजार प्रतिनिधि , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल एकुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियोका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो। प्रतियोगिताको उद्घाटन नगर उपप्रमुख राम चलितर महतोले बलिङ्ग र प्रमुख अतिथि युवा तथा खेलमन्त्रि चौधरीले ब्याटिंग र नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी सन्तोष चौधरीले किपिङ्ग गर्दै गरिएको थियो। उद्घाटन सत्रको उद्घोषण लहान ८ का पुर्व वडा अध्यक्ष विजय कुमार महतोले गरेका थिए।

प्रतियोगिता अन्तर्गत सम्पन्न पहिलो खेलमा लहान ८ ( ब्लु ) ले विजय शुरुवात गरेका छन्। टस जितेर पहिला ब्याटिंग गरेको लहान ८ ( ब्लु ) ले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १८१ रन बनाएको थियो। लहान ८ का लागि नितिश यादवले ३६ बलमा ५१ ,राहुल बिक २५ बलमा ५० रन र आयुस बिकले ४० बलमा ४० रनको योगदान दिएका थिए। लहान ६ को तर्फ बाट अर्जुन भुजेल ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए भने निमेष यादव ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिनु भाहेक अन्य बलरले राम्रो बलिङ्ग नगर्दा लहान ८ ( ब्लु ) ले १८१ रनको योगफल तयार गर्न सफल भएको थियो। १८२ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान ६ का खिलाडीहरु निर्धारित ओभर खेल्दै निमेष यादवको ३३ र प्रविन भुजेलको २९ रन बनाउनु बाहेक अन्य खेलाडीको फितलो प्रदर्शनका कारण ६ विकेटको क्षतिमा १५१ रनमा समेटिदा लहान ८ ( ब्लु ) ३० रनले विजय भएका हुन्। लहान ८ का लागि बलिङ्ग गर्दै रंजन देव ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए भने राहुल बिक ४ ओभरमा २० रन खर्चेर १ विकेट लिन सफल भएका थिए। पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगिता अन्तर्गत आइतबार २ खेल हुदै छन्। आइतबार दिउँसो २ बजे देखि हुने पहिलो खेलमा लहान वडा न.४ र वडा न.५ आमुने सामुने हुने छन् भने दिउँसो ५ बजे हुने दोस्रो खेलमा वडा न.७ र वडा न.२२ आमुने सामुने हुने छन्। 
 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.