फिरोज शेख लहान २०८१ माघ ६ -
लहान सिटि जेसिजको २३औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशन बाट लहान सिटि जेसिजको अध्यक्षमा शिक्षाकर्मी देबनलाल ठाकुर निर्विरोध निर्वाचित भएका छन्। शनिबार अबेर राति सम्पन्न अधिवेशन बाट वर्ष २०२५ का लागि लहान १५ मा अवस्थित सगरमाथा मावि ढोडना विरनगरमा कार्यरत शिक्षक ठाकुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। लहान सिटि जेसिजको २३ औ बार्षिक साधारण सभा तथा अधिवेशन बाट अध्यक्षमा देबनलाल ठाकुर,तालिम निर्देशकमा शिवानन्द चौधरी ,जनसम्पर्क अधिकारीमा अंकित सारडा र उपाध्यक्षमा शशि शेखर यादव ,चन्द्रकला बछार,सन्तोष राम संगै नागेश्वर महतो निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै कार्यकारीणी उपाध्यक्ष पदका लागि सहमति नजुट्दा निर्वाचन प्रक्रिया अन्तर्गत मतदान गरिएको थियो। दुई जना कार्यकारीणी उपाध्यक्ष चयन गर्न भएको मतदानमा खुश्बु जयसवाल ३४ मत र शाइगेन्द्र साहले २९ मत प्राप्त गरि निर्वाचित भए भने उपेन्द्र यादव ७ मत प्राप्त गरि पराजित भएका हुन्। ४३ जना मतदाता रहेको लहान सिटि जेसिजमा ३५ मत खसेको निर्वाचन अधिकृत फिरोज शेखले जानकारी दिए।
त्यस्तै मनोनित पदहरु मध्ये कानुनि सल्लाहकारमा राम बाबु ठाकुर ,महासचिवमा बमचंद्र चौधरी ,कोषाध्यक्षमा प्रदिप यादव संगै सचिवमा रुपेश पासवान मनोनित भएका छन्। वर्ष २०२४ का अध्यक्ष उमेश यादवको अध्यक्षता तथा लहान सिटि जेसिजका संस्थापक अध्यक्ष बसन्त साहको प्रमुख आतिथ्यता तथा लहान सिटि जेसिजका पुर्व अध्यक्षहरुको विशिष्ट उप्स्तिथिमा सम्पन्न साधारण सभा तथा अधिवेशनको निर्वाचन अधिकृत फिरोज शेख रहनु भएको थियो। सम्पन्न साधारण सभा तथा अधिवेशनमा लहान सिटि जेसिजमा आवध साधारण सदस्य देखि लिएर मानार्थ सदस्यहरुको पनि उपस्तिथी रहेको थियो।