फिरोज शेख लहान २०८१ माघ १८ -
स्थापना कालदेखि सचिवालय विहिन लहान सिटि जेसिजको सचिवालय भवन प्रदेश सरकारले बनाउने मधेश प्रदेशका भौतिक पूर्वाधार विकाश मन्त्रि तथा नेकपा एमाले मधेश प्रदेश संसदिय दलका नेता सरोज कुमार यादवले घोषणा गर्नुभएको छ। विहिबार लहान सिटी जेसिजको २३औ पद स्थापना तथा पुरस्कार वितरण कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा कार्यक्रका प्रमुख अतिथि रहनु भएका मन्त्रि यादवले यस्तो प्रतिबध्ता जनाउनु भएको हो। उहाँले लहान नगरपपालिका भित्र पर्ने नहरलाई ढलमा परिणत गर्ने कार्य भइरहेको जानकारी अनुसार आफुले नहरको अनुगमन समेत गरेको जिकिर गर्दै किसानहरु मोलिक अधिकार हनन हुने कार्य नगर्न स्थानीय सरकार संग आग्रह गर्दै समृद्ध, सुन्दर र विकसित लहान बनाउने अभिभारा पूरा गर्न लहान सिटी जेसिजले लहानको यूवाहरुलाई सहि मार्ग निर्देशन र कुलतवाट जोगाउन टोल- टोलमा लागु औषध विरुद्ध जागरण अभियान थाल्नुको साथै नगरपालिका भित्र जन जागरणको अभियान थाल्नु पर्ने सुझाब दिए।
लहान सिटि जेसिजलाई बर्ष २००२ मा मातृत्व प्रदान गर्नु भएका बिराटनगर जेसिज बर्ष २००२ का अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि हरि बहादुर श्रेष्ठले वर्ष २०२५ का निर्विरोध निर्वाचित अध्यक्ष देवनलाल ठाकुर लगायत निर्वाचित तथा मोनोनित सम्पूर्ण जेसिज पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै आफनो भाषा,संस्कृति र शिक्षामुखी समाज निर्माण गर्न लहान सिटी जेसिजले परिवर्तित अवस्थामा मातृ शाखा संग सहकार्य गरि परिवर्तित कार्यक्रम गर्नुपर्ने सुझाब दिएका थिए। विशिष्ट अतिथि डा.महादेव साहले आफ्नो शिक्षित संस्था रोयल सफटेक कलेजले बर्ष २०२५ मा लहान सिटि जेसिजले सिफारिस गरेका सामुदायिक विधालयका विधार्थीहरुलाई २५ लाखको स्कलरशिप प्रदान गर्ने उद्घोष गर्नु भयो। त्यस्तै अर्का विशिष्ट अतिथि मधेश प्रदेश सभा सदस्य ललिता दासले लहान सिटि जेसिजमा महिलाको सहभागिता कम भएको भन्दै महिलाहरुको सदस्यता बितरणमा ध्यान दिन आग्रह गर्नु भयो।
कार्यक्रमा प्रदेश सभा सदस्य राजेन्द्र चौधरी, पुर्व नगरप्रमुख मुनि साह ,प्रकाश केसी ,जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष बिकाश सारडा , लहान सिटि जेसिजका संस्थापक अध्यक्ष वसन्त साह,पुर्व अध्यक्षहरु,विभिन्न शाखा बाट आएका पदाधिकारी , विभिन्न संघ-संस्थाका प्रतिनिधि ,जनप्रतिनिधि ,राजनीतिकर्मी ,संचारकर्मी,बुद्धिजी ,समाजसेवी ,स्वास्थ्यकर्मी ,शिक्षक लगायतको बाक्लो उपस्तिथी रहेको थियो।
कार्यक्रमको पहिलो सत्रमा पद हस्तान्तरण गर्ने क्रममा वर्ष २०२४ का अध्यक्ष उमेश कुमार यादवले लगाएका जेसिज चेन पुर्व अध्यक्षहरुले वर्ष २०२५ का अध्यक्ष देवनलाल ठाकुरलाई हस्तान्तरन गरि कार्यभार हस्तान्तरण गर्नुभएको थियो। वर्ष २०२५ का अध्यक्ष ठाकुरले निर्वाचन अधिकृत वर्ष २०२३ का अध्यक्ष फिरोज शेखको रोहबरमा निवर्तमान अध्यक्ष उमेश कुमार यादव बाट पद तथा गोपनियताको सपथ लिई पदभार ग्रहण गर्नु हुदै बिगतका अध्यक्षहरुले गर्नु भएका सकरात्मक कार्यहरुलाई नियाल्दै समाज परिवर्तन तथा नेतृत्व विकासमा नौलो र रचनात्मक कार्य गरेर लहान सिटी जेसिजमा नयाँ इतिहास रच्ने प्रतिवद्धता व्यक्त गर्नु हुँदै युवा लक्षित कार्यक्रमहरुका लागि नेपाल जेसिज संग समन्वय गरि तालिमहरु संचालन तथा युवा माँझ फैलिएका लागुऔषधको समस्या तथा बेरोजगारी लगायतका समस्याहरुलाई न्यूनीकरण गर्न स्थानीय सरकार ,संघसंस्था र शैक्षिक संस्थाहरु संग समन्वय गरि अगाडी बढ्ने बताउनु भयो।
यसै बीच वर्ष २०२५ का लागि कार्यकारीणी उपाध्यक्षमा खुश्बु जयसवाल र शैगेन्द्र साह,तालिम निर्देशकमा शिवानन्द चौधरी ,जनसम्पर्क अधिकारीमा अंकित सारडा र उपाध्यक्षमा शशि शेखर यादव ,चन्द्रकला बछार,सन्तोष राम संगै नागेश्वर महतोले पदभार ग्रहण गरेका छन्। त्यस्तै वर्ष २०२५ लाई उत्कृष बनाउन नवनिर्वाचित अध्यक्ष ठाकुरले मनोनित पदहरुमा राम बाबु ठाकुर ( कानुनि सल्लाहकार ),बमचन्द्र चौधरी ( महासचिव ), कोषाध्यक्षमा प्रदिप यादव मनोनित गर्नु भएको छ। त्यस्तै लोम एडिटरमा सरोज ठाकुर ,एन जी ओ /आइ जि ओ डाइरेक्टरमा सन्तोष यादव ,मिडिया म्यानेजरमा दुर्गा महतो,सेक्रेटरीमा रुपेश पासवान ,विजनेस डेभलोप्मेंट कोर्डिनेटरमा पिन्टु राउत , हेल्थ कोर्डिनेटरमा डा.पंकज साह ,थिम डाइरेक्टरमा नारायण महतो ,स्पोट डाइरेक्टरमा शिव नारायण पंजियार ,फण्ड राइजिङ्ग डाइरेक्टरमा शंकर साह ,मेम्बरशिप डेभलोप्मेंट कोर्डिनेटरमा बिनोद यादव ,ओमेन डेभलोप्मेंट कोर्डिनेटरमा प्राची साह, इन्भारोमेंट एण्ड क्लिन कोर्डिनेटरमा उपेन्द्र यादव मनोनित भएका छन्।
त्यस्तै बोर्ड सल्लाहकारमा मानार्थ सदस्य गङ्गा प्रसाद यादव ,अध्यक्षीय सल्लाहकारमा पुर्व अध्यक्ष मुरारी प्रसाद साह र फिरोज शेख मनोनित भएका भएका छन्। कार्यक्रममा मिथिलाको संस्कृति झल्किने जनकपुरका विजयलक्ष्मी फाउन्डेसनका सांस्कृतिक टोलि द्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रम सफल बनाउन मारवाडी सेवा सदन ,मेरी चिल्ड्रेन स्कुल,किसन स्विट्स हाउस ,जनक अफसेट प्रेस ,पुजा डिजे साउण्ड लगायतले सहयोग गरेका थिए। कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष शैगेन्द्र साह रहेका थिए। कार्यक्रममा उपस्थित अतिथि तथा बोर्ड पदाधिकारी हरुहरुलाई मायाको चिनोले सम्मानित गरिएको थियो। कार्यक्रमको कार्यक्रमको व्यवस्थापनमा पुर्व अध्यक्ष बसन्त साह र अजय जयसवालले महत्वपूर्ण भूकिमा निर्वाह गर्नु भएको थियो।