शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
न्यूनतम सेवा मापदण्डका आधारमा प्रादेशिक अस्पताल लहानले पायो ८५ अंक
माघ ११, २०८१ | फिरोज शेख

फिरोज शेख,लहान २०८१ माघ ११ -
न्यूनतम सेवा मापदण्डका आधारमा राम कुमार सारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानले ८५ प्रतिशत अंक प्राप्त गरेको छ । मधेश  प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो। गत बर्ष ८० अंक प्राप्त गरेका अस्पतालको बुधबार पुनः मापन गर्दा ५ अंकले सुधारोन्मुख पाइएको स्वास्थ्य निर्देशनालय प्रमुख डाक्टर बर्षा प्रकाशले जानकारी दिनुभयो ।बुधबार “आयोजित अस्पतालको अनुगमन मुल्याङ्कन समिक्षा अन्तर्गत न्यूनतम सेवा मापदण्डको समिक्षा गोष्ठी ” कार्यक्रममा उहाँले उक्त कुरा सुनाउनु भएको हो। ”सीमित स्रोत, साधन भए पनि दक्ष जनशक्तिका कारण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट साह नेतृत्वको चिकित्ससहितको सिंगो समुहले उदाहरणीय काम गरेको पाइए पनि केहि सुधार गर्नु पर्ने पक्षाहरुको बारेमा समिक्षा समितिका सदस्य समेत रहनु भएका डा. नागेन्द्र प्रसाद यादवले जानकारी गराउनु भयो।  

८५ अंक ल्याएर ‘ए ग्रेड’ प्राप्त गरेको अस्पतालले आगामी दिनमा अझ उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्दै आगामी अनुगमनको क्रममा ९० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेर ‘ए पलस ग्रेड’ ल्याई उच्चस्तरको सेवा दिन सफल हुने निर्देशनालयका नि.निर्देशक सुनिता गुप्ताले विश्वास समेत व्यक्त गर्नुभयो । उहाँकाअनुसार मापनका आधारमा ८५ प्रतिशत अंक प्राप्त गर्ने अस्पताल राम्रोमा पर्दछन् । अस्पतालको संस्थागत व्यवस्थापन, सुशासन, मानवस्रोत व्यवस्थापन र विकास, मेडिकल रेकर्ड र सूचना व्यवस्थापन, गुणस्तर व्यवस्थापन लगायतका मापदण्डहरु चुस्त, दुरुस्त पालना गरेको आधारमा अंक दिइने गरिन्छ ।

यसै बीच लहान नगरप्रमुख महेश चौधरीले सरकारी अस्पताललाई जनमानसले हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन सेवा प्रवाहको गुणस्तरीय एक सय प्रतिशत बनाउन जरुरी रहेको बताउनु भयो। “सरकारी अस्पतालले सेवा छिटोछरितो र राम्रो दिन्छ, अस्पतालको सेवा सफा र गुणस्तरीय छ भन्ने प्रभाव आमनागरिकमा पुर्याउनु आवश्यक छ,’ उहाँले भन्नुभयो । सरकारी अस्पतालमा गुणस्तरीय सेवा प्रवाह भएमा नीजी अस्पताल धाएर महंगो शुल्कमा उपचार गर्नुपर्ने नागरिकको बाध्यता हट्ने नगर उपप्रमुख राम चलितर महतोले बताउनुभयो ।

राम कुमार सारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन मण्डलको अध्यक्षतामा संचालित कार्यक्रममा लहान नगरप्रमुख महेश प्रसाद चौधरी, उपप्रमुख राम चलितर महतो , अस्पतालका चिकित्सक तथा कर्मचारी, पत्रकार लगायगत सम्बन्धित सरोकारवालाहरुको उपस्थित रहेको थियो। यस अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रुपमा डाक्टर वृजेन्द्र कुमार साह आए पश्चात निरन्तर सेवा सुविधामा वृद्धि हुनुका साथै अस्पताल सुधारोन्मुख हुँदै गइरहेको छ।  उच्च र उत्कृष्ट स्तरको सेवा प्रवाह गर्न अस्पतालमा सुधार हुनुपर्ने पक्षका बारेमा उपस्थित सहभागिहरुले सुझाव समेत दिएका थिए । उक्त सुझावअनुसार सेवा प्रवाहमा सुधार गरि गुणस्तरियता प्रदान गरिने अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मण्डलले प्रतिवद्धता व्यक्त गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.