शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
किसानहरु द्वारा नगरप्रमुख चौधरीको पुत्ला दहन
माघ १२, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ माघ १२ - 
किसानहरुले लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी र सिँचाइका डी हसमुख अन्सारीको पुत्ला दहन गरेका छन्। लहान स्थित शहिद चौकमा आन्दोलनकारी किसानहरुले शान्तिपूर्ण तरिकाले पुत्ला दहन कार्यक्रम सम्पन्न गरेका हुन्। खुटी नहरको अस्तित्व मासेर  ढल बनाउने कार्य गरिरहेको भन्दै लहानका नगरप्रमुख महेश चौधरी बिरुद्ध किसानहरुले दोस्रो चरणको आन्दोलनलाई तीब्र बनाउदै गएका छन्। खुटि खोला सिंचाई संघर्ष समितिले आज शनिबार बिशाल जन प्रदर्शन तथा एक घन्टा चक्का जाम गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ। कार्तिक सात गते देखि नहर संरक्षणका लागि नगरपालिका बिरुद्ध किसानहरुले आन्दोलन गर्दै आइरहेका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.