शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान ६ र २१ विजय

11 Views

फाल्गुन १५, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन १५ - 
लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा लहान ६ र लहान २१ विजय भएका छन्। पहिलो खेलमा लहान वडा न. १ ( एलो ) ले टस जितेर पहिला ब्याटिंग गर्दै १८ दशमलव २ ओभरमा अल आउट हुँदै पिन्कु साहको २४ र अरविन्द्र रामको १६ रनको मद्दतले सबै विकेट गुमाई मात्र ९३ रनको योगफल तयार पार्न सफल भएका थिए। १ ( एलो ) लाई ९३  रनमा रोक्न रौनक सिंह र निमेष यादवले सम्मान ३/३ विकेट लिए। ९४ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान ६ का  खिलाडीहरुले राम्रो खेलको प्रदर्शन गर्दै अर्जुन भुजेलको नट आउट ६१ रन र प्रविन भुजेलको १७ रनको मद्दतले ८ ओभर ५ बलमै एक विकेट गुमाई विजय लक्ष्य प्राप्त गर्दै लहान १ लाई ९ विकेटले हराएका छन्। बलिङ्ग तर्फ लहान १ का अरविन्द रामले १ विकेट लिए। खेलको उत्कृष्ट खिलाडी अर्ध शतकीय पारि खेलेका अर्जुन भुजेल घोषित भए।

त्यस्तै प्रतियोगिता अन्तर्गत बुधबार नै सम्पन्न दोस्रो खेलमा लहान २१ ले लहान ७ माथि ५ विकेटको जित निकाल्दै सेमी फाइनलको यात्रालाई जीवित राखेका छन्। टस जितेर पहिला ब्याटिंग रोजेका लहान ७ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १३९ रन बनाएको थियो। लहान ७  लाई सम्मानजनक योगफलमा पुर्याउन निशचल गुप्ताले ५३ रन बनाउदै अर्ध शतकीय पारि खेले भने सन्तोष गुप्ताले ३० रनको योगदान दिएका थिए। बलिङ्ग तर लहान २१अ भिमान यादवले २ तथा मनोज यादव १ विकेट लिएका थिए। १४० रनको विजय लक्ष्य सहित मैदानमा आएका लहान २१ का खिलाडीहरुले लहान ७ को खराब फिल्डिंगको फाइदा उठाउदै १८ ओभर ५ बलमा ५ विकेट गुमाई विजय भएका छन्। खेल अबधिभर लहान ७ का बलरहरुले राम्रो बलिङ्ग गरे पनि फिल्डरको राम्रो साथ् नपाउदा ५ विकेटले पराजित भएका छन्। लहान २१ का प्रबेश यादव ( बि ) ले नट आउट रही ४६ रन बनाए भने प्रबेश यादव ( ए ) ले ३९ रनको योगदान दिदै आफ्नो टिमलाई फेमिफाइनलको दौडमा जिवन्त राखेका छन्। खेल अबधिभर लहान ७ का खिलाडीहरुले ८ वटा क्याच छाडेका थिए। बलिङ्ग तर्फ भने लहान ७ का सन्तोष गुप्ताले २ तथा पार्थिव यावले १ विकेट लिए। खेलको उत्कृत खिलाडी प्रबेश यादव ( बि ) घोषित भए। लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगिता अन्तर्गत आज विहिबार दिउँसो  हुने लिग चरणको अन्तिम खेलमा लहान २२ र लहान ३ ( ब्लु ) आमुने सामुने हुने छन्। 

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.