8 Views
फिरोज शेख लहान २०८१ फागुन ९ -
सिरहाको लहानमा लहान युवा समाज द्वारा जारि "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहाबार सम्पन्न दुई खेलमा लहान ६ र ४ विजय भएका छन्। लहान ६ र ३ ( रेड ) बीच भएको पहिलो खेलमा लहान ६ विजय भएका छन् भने दोस्रो खेलमा लहान २ र लहान ४ बीच भएको खेलमा लहान ४ विजय भएका हुन्। टस जितेर पहिला ब्याटिंग गरेको लहान ३ ( रेड ) ले निर्धारित २० ओभरमा अलाउत हुँदै ११५ रन बनाएको थियो। लहान ३ का लागि भिम पासवान १९ र ताज हुसेनले २६ रन बनाएका थिए। बलिङ्ग तर्फ लहान ६ का आयुष हमाल ठकुरी र अभिन्न हमाल ठकुरीले समान २/२ विकेट लिए। ११६ रनको विजय लक्ष्य सहित सहित मैदानमा आएका लहान ६ का खिलाडीहरु१९ ओभर ४ बलमा ८ विकेट गुमाई ११६ रङ बनाउदै २ विकेटले आफ्नो पहिलो जित निकालेका छन्। लहान ६ का लागि रौनक सिंह ३५ र रहन भुजेलले १८ रनको योगदान दिएका थिए। बलिङ्ग तर्फ लहान ३ ( रेड) का दुर्गानन्द यादवले ३ र नरेश चौधरीले २ विकेट लिएका लिन सफल भएका थिए। खेलको उत्कृष्ट खिलाडी रौनक सिंह घोषित भए ।
त्यसै प्रतियोगिता अन्तर्गत सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिंग गरेका लहान ४ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाई सजाद अन्सारीको अर्धशतकीय पारीको मद्दतले १६२ रन बनाएको थियो। अन्सारीले बिष्फोटक ब्याटिंग गर्दै २८ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ५२ रन बनाउदा सम्भु मण्डलले ३४ रन बनाएका थिए। बलिङ्ग तर्फ लहान २ का ओम महतो २ र कृष्णा यादव १ विकेट लिन सफल भएका थिए। १७३ रनको बिशाल लक्ष्य सहित मैदानमा ब्याटिंग गर्न आएका लहान २ खिलाडीहरु फितलो प्रदर्शन गर्दै ७७ रनमै समेटिदा ८५ रनले लहान ४ विजय हुँदै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ज गर्न सफल भएका छन्। खेलको म्यान अफ द म्याच ४ विकेट लिई उत्कृष्ट बलिङ्ग संगै ३४ रन बनाएका सम्भु मण्डल भएको आयोजक संस्थाका अध्यक्ष लव मण्डलले जानकारी दिएका छन्।
प्रतियोगिताको मुख्य प्रायोजक लहानका उपमेयर राम चलितर महतो रहेका छन्। त्यस्तै पावर्ड बाई: एनसेल , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो रहेका छन्। लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगितामा सहभागी १६ वटै टिमलाई उपलब्ध गराउन सके एक म्याचमा २ जना मधेश प्रदेश भित्रका जुन सुकै खिलाडीलाई खेलाउन पाउने गरि नियम बनाएको आयोजकले जनाएका छन्। यसै बीच प्रतियोगिता अन्तर्गत शुक्रबार एक खेल मात्र हुने आयोजकले जनाएका छन्। आजको दिउसो २ बजेको खेलमा लहान वडा न.२१ र २२ आमुने सामुने हुने छन्। रातिको खेल लाइट मिलाउनु पर्ने प्राविधिक समस्याका कारण स्थगित गरिएको आयोजकले जनाएका छन्।