9 Views
फिरोज शेख,लहान २०८१ फागुन ११ -
सिरहाको लहानमा जारि लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न दुई खेलमा लहान १ (एलो) र लहान १ ( A ) विजय भएका छन्। लहान १ एलो र ३ ( रेड ) बीच भएको पहिलो खेलमा लहान १ (एलो) विजय भएका छन् भने दोस्रो खेलमा लहान १ ( A ) र लहान ५ बीच भएको खेलमा लहान १ ( A ) विजय भएका हुन्। टस जितेर पहिला ब्याटिंग गरेको लहान ३ (रेड ) ले १२ ओभर ५ बलमा सबै विकेट गुमाई मात्र ७१ रनमा समेटिएको थियो। लहान ३ का लागि संजय चौधरी ३० र राहुल रायले १३ रन बनाउनु बाहेक कुनै पनि खिलादिले दोहरो अंक जोड्न सकेनन। लहान ३ रेड लाई सस्तैमा समेट्न बलिङ्ग तर्फ लहान १ ( एलो ) का राम एकबाल यादवले ४ विकेट लिए भने दिपक वर्माले २ विकल लिन सफल भएका थिए। ७२ रनको विजय लक्ष्य सहित मैदानमा आएका लहान १ ( एलो ) का खिलाडीहरुले आक्रमक ब्याटिंग गर्दै ९ ओभर ५ बलमा ५ विकेट गुमाउदै ५ विकेटले विजय भएका हुन्। लहान १ का लागि शैलेन्द्र साह ३४ र सोनु साहले १० रनको योगदान दिएका थिए। बलिङ्ग तर्फ लहान ३ ( रेड) का संजय चौधरी र रमेश यादव सम्मान २/२ विकेट लिएका थिए। खेलको उत्कृष्ट खिलाडी लहान १ ( एलोका ) राम एकवाल यादव घोषित भए ।
त्यसै प्रतियोगिता अन्तर्गत सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिंग गरेका लहान १ ( A ) ले निर्धारित २० ओभरमा म्यान अफ द म्याच घोषित भएका अमित यादवको ८७ रन र बिभश यादवको ३० रनको मद्दतले १७१ रन बनाएको थियो। अमितले बिष्फोटक ब्याटिंग गर्दै ५७ बलमा ४ छक्का र १२ चौका प्रहार गरेका थिए। बलिङ्ग तर्फ लहान ५ का जसिम हुसैन ३ र हुसैन शेखले २ विकेट लिनुका साथै अन्य बलरको राम्रो प्रदर्शन भए पनि फिलडरको राम्रो साथ् नपाउँदा धेरै रन खर्चिन पुगे। फिलडरहरुले खेल अबधिभर ८ वटा क्याच छोडेकोमा ४ वटा क्याच अमित यादवकै थियो। १७२ रनको बिशाल लक्ष्य सहित मैदानमा ब्याटिंग गर्न आएका लहान ५ खिलाडीहरु निर्धारित ओभरमा १३२ रन मात्र बनाउदा ३९ रनले पराजित हुन् भए। लहान ५ का लागि फ़ाइजान राजाले ४२ रन बनाइ नट आउट रहे भने रबिन मण्डलले २९ रनको योगदान दिए। लहान ५ लाई १३२ मा रोकन पप्पु साहले २ र अमित यादवले १ विकेट लिए।
प्रतियोगिताको मुख्य प्रायोजक लहानका उपमेयर राम चलितर महतो रहेका छन्। त्यस्तै पावर्ड बाई: एनसेल , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो रहेका छन्। लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगितामा सहभागी १६ वटै टिमलाई उपलब्ध गराउन सके एक म्याचमा २ जना मधेश प्रदेश भित्रका जुन सुकै खिलाडीलाई खेलाउन पाउने गरि नियम बनाएको आयोजकले जनाएका छन्। यसै बीच प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा लहान ७ र लाहान ३ ( ब्लु ) आमुने सामुने हुने छन् भने दोस्रो खेल लहान ८ र लहान २४ बीच हुने आयोजकले जनाएका छन्।