7 Views
फिरोज शेख लहान २०८१ फागुन १० -
सिरहाको लहानमा जारि "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा लहान वडा न.२१ विजय भएका छन्। शुक्रबार लहान २१ र २२ बीच भएको एक मात्र खेलमा लहान २१ पाँच विकेटले विजय भएका हुन्। टस जितेर पहिला ब्याटिंग गरेको लहान २२ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ११२ रन बनाएको थियो। लहान २२ का लागि विजय यादव ३५ र जशवन्त यादले २७ रन बनाएका थिए। बलिङ्ग तर्फ लहान २१ का मुकुन्द यादव र सुरज यादवले समान एक-एक विकेट लिएका थियो। ११३ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान २२ का खिलाडीहरुले आक्रमक ब्याटिंग गर्दै मात्र १३ ओभर ५ बलमा ५ विकेट गुमाई ११३ रन बनाउदै विजय भएका हुन्। लहान २१ का लागि ब्याटिंग तर्फ इमरान शेखले ४३ र प्रबेश यादव ( ए ) ले २७ रन बनाउदै आफ्नो टिमलाई विजय गराउन सफल भए। लहान २२ का विकास यादव र शिक्षित यादवले समान एक-एक विकेट लिएका थिए। उत्कृष्ट ब्याटिंग गर्दै ३१ बलमा ७ चौका र २ छक्का प्रहार गरि ४३ रन बनाएका इमरान शेख म्यान अफ द म्याच घोषित भएका छन्।
प्रतियोगिताको मुख्य प्रायोजक लहानका उपमेयर राम चलितर महतो रहेका छन्। भने पावर्ड बाई: एनसेल , होस्पिटल पार्टनर सप्तऋषि अस्पताल ,स्कुल पार्टनर नेपाल आइडल स्कुल ,सिनेमा पार्टनर कार्निवल ,क्याफे पार्टनर 24th मार्च ,फुड पार्टनर महाराजा रेस्टुरेन्ट एण्ड बार ,इन्टरनेट पार्टनर सुबिसु ,मिडिया पार्टनर : रेडियो सरगम ९३ मेगाहर्ज ,प्रोडक्सन हाउस लहान ,दिल्ली फोटो स्टुडियो रहेका छन्। लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगितामा सहभागी १६ वटै टिमलाई उपलब्ध गराउन सके एक म्याचमा २ जना मधेश प्रदेश भित्रका जुन सुकै खिलाडीलाई खेलाउन पाउने गरि नियम बनाएको आयोजकले जनाएका छन्।