1 Views
फिरोज शेख लहान २०८१ फागुन २८ -
लहान नगरपालिका-४ यज्ञभुमि स्थलमा अवस्थित नेपाल हृदय रोग निवारण संघद्वारा कार्डियो, डाईवेटिक सेन्टर द्वारा आयोजित दुई दिने नि:शुल्क सिविरमा पाँच सय भन्दा बढी लाभान्वित भएका छन्। विगत तिन महिना देखि संचालनमा रहेको उक्त सेन्टरको समुद्घाटनको अवसरमा फागुन २६ र २७ गते सम्म नि:शुल्क शिविर आयोजना गरिएको थियो। विहान ९ बजेदेखि ४ बजे सम्म संचालन भएको उक्त शिविरमा ५६० जना स्वास्थ्य लाभ लिएको डा.संजय कुमार साहले जानकारी दिए। शिविरको पहिलो दिन २३४ र दोसो दिन ३२६ जनाले मुटु र चिनि (मधुमेह) रोगको नि:शुल्क जाँच, ईसिजि, ईको, ल्याब र औषधी सेवा लिएको जनाइएको छ। उक्त सेन्टरलाई मेयर महेश प्रसाद चौधरी र मुटु चिकित्सक डा.कुमुद धितालले संयुक्त रुपमा सोमबार उदघाटन गरेका थिए। यहाँ शहिद गंगालाल जस्तै मुटु रोग सम्बन्धि ठूलो अस्पताल खोल्ने उदेश्यका साथ् कार्य अगाडि बढाइएको जर्मनीमा कार्यरत डा.बालकृष्ण ओरज्ञान (चौधरी)ले जानकारी दिनुभयो। डा. बालकृष्णका अनुसार शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा जर्मनीबाट आउनु भएका विशेषज्ञ टोलीद्वारा मुटु रोग तथा चिनि (मधुमेह) सम्बन्धि बिरामीहरुको चेकजाँच तथा उपचार गरिएको छ।