1 Views
फिरोज शेख लहान २०८२ बैशाख १२ -
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै लहानका सरकारी अस्पताल ,निजि अस्पताल तथा क्लिनिकमा कार्यरत चिकित्सकहरुले ओपीडी सेवा ठप्प पारेका छन् । आकस्मिक र सघन उपचार बाहेका सेवा बहिस्कार गर्न बिहीबार नेपाल चिकित्सक संघले आह्वान गरेको थियो । जसका कारण लहान लगायत सिरहा जिल्ला भरिका सरकारी अस्पताल ,निजि अस्पताल तथा क्लिनिकमा आज ओपीडी सेवा प्रभावित भएको छ। चिकित्सकले सेवा बहिष्कार गरेसँगै अस्पतालमा पुगेका बिरामी अलपत्र परिरहेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा समर्थन जनाउदै नेपाल चिकित्सक संघ सिरहा शाखाको पहलमा जिल्ला भरिको ओपीडी सेवा बहिस्कारको घोषणा गरिएको हो । आन्दोलनरत चिकित्सक अहिले राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पतालमा भेला भएर प्रदर्शन गरिरहेका छन्।नेपाल चिकित्सक संघ सिरहा शाखाका अध्यक्ष डा.सुभाष बाबु साहको नेतृत्वमा इलाका प्रशासन कार्यलय लहानमा ज्ञापन-पत्र समेत बुझाएका छन्।
नेपाल चिकित्सक संघ सिरहा शाखाका अध्यक्ष डा.सुभाष बाबु साहका अनुसार सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् । २५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौं तहसरह) सेवासुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल सञ्चालकले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् । विकसित देशहरूमा पीजी विद्यार्थीले शुल्क तिर्नु नपर्ने र नेपालको सरकारी अस्पतालमा समेत मेडिकल अफिसर बराबरको सुविधा पाउने व्यवस्था छ । तर पीजी रेजिडेन्सी कार्यक्रमका लागि अस्पतालमा कुनै अतिरिक्त पूर्वाधार वा नयाँ फ्याकल्टीको आवश्यकता नपर्ने भए पनि निजी कलेजहरूले २३ लाख रूपैयाँसम्म शुल्क लिने गरेका छन् । दिनरात बिरामीको उपचारमा खटिने आवासीय चिकित्सकको तलब सुविधा भने निकै कम भएको कारण बाध्य भएर हामि आन्दोलित भएको बताए।
नेपाल चिकित्सक संघको आन्दोलनमा डा.सुभाष बाबु साह ( सप्तऋषि अस्पताल ), डा.ओम प्रकाश चौधरी ( ओम पोलिक्लिनिक ) ,बिनोद कुमार सिंह , डा.पंकज साह , डा.शैलेन्द्र कुमार चौधरी , डा. मनोज कुमार चौधरी , डा. सन्तोष कुमार यादव ,डा. सागर कुमार चौधरी , डा.विनिता गुप्ता , डा. बृजेन्द्र कुमार साह ,डा. शैलेन्द्र साह ,डा. धिरज साह ,डा.अभय चन्द्र यादव ,डा.अन्जन मण्डल ,डा.आशाराम यादव , डा राजन कुमार ( राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल लहान ) ,डा.रितेश कुमार गिरि ( फुलबारी क्लिनिक ) डा.रंजित कुमार झा ,डा.चन्द्र नारायण यादव ( त्रिशक्ति हेल्थ केयर ) ,डा.सतिश कुमार दास, डा.शिवराम यादव, डा.राजेश कुमार साह ( सप्तऋषि अस्पताल ) , डा.दिलिप कुमार साह ( लिला मदन होस्पितल ) ,डा.सुशान्त कुमार स्वतन्त्र ( सुर्योदय डेन्टल क्लिनिक ) लगायतका डाक्टरहरु आन्दोलित हुँदा सेवाग्राही मारमा परेका छन्।