1 Views
फिरोज शेख लहान २०८१ फागुन २६ -
लहान नगरपालिका-४ यज्ञभुमि स्थलमा आजदेखि औपचारिक रुपमा नेपाल हृदय रोग निवारण संघद्वारा कार्डियो, डाईवेटिक सेन्टर सञ्चालनमा आएको छ | विगत तिन महिना देखि संचालनमा रहेको उक्त सेन्टरको आज विधिवध रुपमा उदघाटन गरिएको हो | उदघाटनको सुभ अवसरमा आज फागुन २६ र भोलि फागुन २७ गते सम्म नि:शुल्क शिविर पनि आयोजना गरिएको आयोजकले जानकारी दिएका छन्। विहान ९ बजेदेखि शिविर सुरु भएको छ । मुटु र चिनि (मधुमेह) रोगको नि:शुल्क जाँच, ईसिजि, ईको, ल्याब र औषधी वितरण भईरहेका छन् । शिविरको पहिलो दिन २३४ जनाले आ -आफ्नो स्वास्थ्य परिक्षण गराई लाभान्वित भएको डा.संजय कुमार साहले जानकारी दिनुभयो | उक्त सेन्टरलाई मेयर महेश प्रसाद चौधरी र मुटु चिकित्सक डा.कुमुद धितालले संयुक्त रुपमा उदघाटन गरेका छन् । यहाँ शहिद गंगालाल जस्तै मुटु रोग सम्बन्धि ठूलो अस्पताल खोल्ने उदेश्यका साथ् कार्य अगाडि बढाइएको डा.बालकृष्ण ओरज्ञान (चौधरी)ले जानकारी दिनुभयो। डा. बालकृष्णका अनुसार शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा जर्मनीबाट विशेषज्ञ टोलीद्वारा मुटु रोग तथा चिनि (मधुमेह) सम्बन्धि बिरामीहरुको चेकजाँच तथा उपचार भइरहेको छ।