12 Views
फिरो शेख लहान २०८१ फागुन १३ -
सिरहाको लहानमा लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न पहिलो खेलमा लहान वडा न.८ ( ब्लु ) विजय भएका छन्। सोमबार सम्पन्न खेलमा लहान ८ ले लहान १ ( एलो ) लाई ४ विकेटले हराएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको लहान १ ले निर्धारित १६ ओभरमा अल आउट हुँदै १०४ रन बनाएको थियो। लहान १ का लागि सोनु शर्मा २० र बम बम पिन्कुले १७ रनको योगदान दिएका थिए। बलिङ्ग तर्फ लहान ८ का निमेष यादव र गौरी मण्डलले सम्मान ३/३ विकेट लिए। १०५ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान ८ का खिलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै नितेश यादवको ६८ रन र राम आशिष मण्डलको १७ रनको मद्दतले १६ ओभर ३ बल खेल्दै ६ विकेटमा १०८ रन बनाई विजय हुँदै सेमिफाइनलमा पुगेका छन्। बलिङ्ग तर लहान १ का श्री राम गुप्ता ३ र राम एकवाल यावले १ विकेट लिए। अर्धशतकीय पारि खेलेका नितेश यादव म्यान अफ द म्याच घोषित भए।
त्यस्तै प्रतियोगिता अन्तर्गत सोमबार नै सम्पन्न दोस्रो रोमान्चक खेलमा लहान ५ विजय भएका छन्। लहान २ लाई १ रनले हराउदै आफ्नो अन्तिम खेलमा पहिलो जित निकालेका छन् । टस जितेर पहिला ब्याटिंग गरेका लहान ५ ले १४ ओभर ४ बलमा अल आउट हुँदै १०१ रनमै समेटिएको थियो। १०२ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान २ का खिलाडीहरु पुरै ओभर खेल्दै ९ विकेट गुमाई १०० रन मात्र बनाउदा लहान ५ रोमान्चक जित निकालन सफल भए। लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगितामा १६ वटा टिम सहभागी भएका छन्। प्रतियोगिता अन्तर्गत आज मंगलबार लहान ३ ब्लु र लहान २१ आमुने सामुने हुने छन् भने लहान ४ र लहान १ बीच भिडन्त हुने आयोजकले जनाएका छन्।