127 Views
फिरोज शेख लहान २०८१ फागुन ६ -
त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका लहान स्थित जे.एस.मुरारका बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ १४४ मतान्तरले प्यानल सहित विजय भएका छन्। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का रोहित राउत ५७५ ( विजय ) , नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का मनिष चौधरी ४३१ र जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) सम्मिलित संयुक्त मोर्चाका ललित यादवले १३४ मत प्राप्त गरेका छन्। निर्वाचित सचिवमा सुजित कुमार यादव ५६०, कोषाध्यक्षमा अमलेश सिंह ५६८ र सदस्यहरु शर्मिला कुमारी चौधरी ५६०, अभिनव महासेठ ५४८, उज्ज्वल कुमार झा ५६६, रिकेश सदा ५५४, मो. अनिश शेख ५५९, आशका रुचाल ५५५ तथा सुनम कुमारी चौधरी ५५० मत ल्याएर निर्वाचित भएका छन् । नेविसंघले यो क्याम्पसमा लगातार तेस्रोपटक स्ववियु निर्वाचनमा जित हात पारेको छ। क्याम्पसमा २ हजार १०४ मतदाता रहेकोमा १ हजार १८४ मत खसेको थियो। हिजो सम्पन्न मतदानमा आ-आफ्ना पार्टी निकट विधार्थी संगठनहरुलाई समर्थन जुटाउन दिनभर नै निर्वाचित जनप्रतिनिधिहरुका साथै पार्टीका प्रतिनिधिहरु कम्मर कसी लागि परेका थिए। अहिले निर्वाचित पदाधिकारी तथा नेपाली कांग्रेस निकट राजनीतिकर्मी नेताहरु एक आपसमा शुभकामना साटासाट गरि विजय उत्वस मनाइरहेका छन्।