शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी क्लव अफ लहानको डिजी भिजिट कार्यक्रम सम्पन्न
माघ २३, २०८१ | फिरोज शेख

फिरोज शेख,लहान २०८१ माघ २३ - 
रोटरी क्लव अफ लहानको डिजी भिजिट कार्यक्रम मंगलवार साँझ सम्पन्न भएको छ। रोटरी क्लब अफ लहानको डिस्ट्रीक्ट गभर्नर भिजिट कार्यक्रम क्लबका अध्यक्ष अभिषेक रोशनकोअध्यक्षता तथा रोटरी क्लबका डिस्ट्रीक्ट गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा ड्रीस्टीक्ट गभर्नर राजेन्द्रमान शेरचनको धर्मपत्नी सरोजनी शेरचन, ए.जी राम प्रसाद शर्मा जोन ३७,डि.एस अशोकनाथ प्याकुरेल   क्लबका निवर्तमान अध्यक्ष जय प्रकाश चौधरी ,पूर्व अध्यक्ष अशोकलाल अमात्य, प्रदिप गुप्ता ,चार्टर्ड प्रेसिडेन्ट शुशिल अग्रवाल लगायत रोटरी क्लब अफ लहानका पदाधिकारीहरु तथा सदस्यहरुमा डा.शुभाष बाबु साह,उज्ज्वल साह,फिरोज शेख ,नागेन्द्र साह ,प्रदिप साह ,राम उद्गार महतो,सिमा सारडा,सुनिल चौधरी ( मकालु ) ,सुनिल चौधरी ( प्यासेफिक ) ,दिपेन्द्र प्रसाद महतो ,सुरज ढकाल लगायतको उपस्थिति रहेको थियो । क्लबमा ७ जना नयाँ सदस्यहरु बिकास ठाकुर,भोगेन्द्र महतो,डा.विजय कुमार चौधरी,डा.गीता यादव,डा.संजय कुमार सिंह,रामचन्द्र साह र सुनिल सिङ्गाञ्चिलाई प्रमुख अतिथि डिजी शेरचन द्वारा रोटरीको पिन लगाई पदस्थापना गराइएको थियो।

सो अवसरमा प्रमुख अतिथि डी.जी. राजेन्द्रमान शेरचनद्वारा क्लबका गतीबीधीहरुलाई अझ सशक्त बनाएर अगाडि बढाउनुका साथै सदस्यता वृद्धि गर्न सुझाव दिनु भयो । कार्यक्रममा पूर्व अध्यक्ष अशोकलाल अमात्यले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने डी.जी को परिचय क्लबका कोषाध्यक्ष पुनम चौधरीले राख्नु भएको थियो। त्यस्तै कार्यक्रम संचालन क्लबका सचिब गोपाल गुप्ताले गरेका थिए।डिस्ट्रीक्ट गभर्नरको उपस्थितिमा क्लोज बैठक बसी क्लबको रिपोर्ट अध्ययन गरि गभर्नरले क्लब अध्यक्ष,सचिब, इलेक्ट प्रेसिडेन्टलाई आवश्यक निर्देशन दिएको थियो ।सोही दिन क्लबका चार्टर्ड प्रेसिडेन्ट शुशिल अग्रवालको वैवाहिक बर्षगाठ परेको हुँदा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रम प्यासिफिक होटलको सभा हलमा सम्पन्न भएको थियो। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.