शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फाइनल खेलमा आज अपोलो र ललकु स्कूल भिडदै

7 Views

पौष २०, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ पुष २० - 
लहान क्रिकेट क्लबद्वारा आयोजित रोयल सफ्टेक कलेज इन्टर स्कूल टि -२० क्रिकेट लिग प्रतियोगिता (सिजन वन ) , पावर्ड बाई : एल.एम. सी . सेकेन्डरी स्कुल लहान ६ को अन्तर्गत आज हुने फाइनल खेलमा अपोलो ओम बोर्डिंग स्कूल र श्री लक्ष्मन ललिता कुशवाहा मावि भिडिरहेका छन् । आज शनिबार विहसन १० बजे बाट लहान १० स्थित जे एस मुरारका बहुमुखी क्याम्पस लहानको अगाडी ट्रायल सेन्टरको छेउमा अवस्तिथ खेल मैदानमा उपाधि उचाल्ने आत्मविश्वासका साथ मैदानमा उत्रिदै छन्। मंगलवार सम्पन्न पहिलो सेमी फाइनल खेलमा अपोलो ओम बोर्डिंग स्कूलले लहान प्यारागन पब्लिक स्कूललाई १२ रनले हराउदै फाइनल पुगेका थिए भने दोस्रो सेमिफाइनल खेलमा श्री लक्ष्मन ललिता कुशवाहा माविले बेबी एन्जल स्कूललाई २२ रनले हराउदै अपोलो संगको उपाधि भिडन्त पक्का गरेका हुन्। आयोजकले दिएको जानकारी अनुसार उपाधि विजेताले नगद रु.३१ हजार सहित शिल्ड र मेडल प्राप्त गर्ने छन्। त्यस्तै उप विजेताले नगद रु.२१ हजार सहित शिल्ड र मेडल प्राप्त गर्ने छन्।यसै बीच प्रतियोगिता अबधिभर उत्कृष्ट प्रदर्शन गरेका खिलाडीलाई नगद रु १० हजार र बेस्ट ब्याट्सम्यान,बेस्ट बलर संगै उदयमान खिलड़िलाई नगद रु.५/५ हजार सहित पुरस्कृत गरिने जनाइएको छ। आजको फाइनल खेल तथा समापन समारोह बिहान १० बजे देखि नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएका छन्। 


प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका २४ वटा टीमलाई गोलाप्रथा मार्फत "ए" ग्रुप देखि "एच" ग्रुप सम्म रखिएको थियो।प्रत्येक ग्रुपमा ३/३ वटा टिम सहभागी गराइएकोमा प्रत्येक ग्रुपमा उत्कृष्ट प्रदर्शन गरेका ८ वटा टिम क्वाटर फाइनल खेलेका थिए।  क्वाटर फाइनल खेलेका ४ विजेता टिमले सेमिफाइनल खेल्दै दुई विजेता टिम फाइनल प्रवेश गरेका हुन्। प्रतियोगिताको मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज लहान ,प्रिन्टिंग पार्टनर अम्बिका अफसेट प्रेस लहान , फुड पार्टनर महाराजा रेस्टुरेन्ट & बार रहेका छन्। 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.