शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा लहान ३ विजय ,

13 Views

फाल्गुन १६, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन १६ - 
लहान युवा समाज द्वारा आयोजित "उपमेयर कप" दोस्रो डे & नाइट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न अन्तिम लिग खेलमा लहान ३   विजय भएका छन्। टस जितेर पहिला ब्याटिंग गरेका लहान २२ ले १७ ओभरमा ८९ रनमा समेटिएका थिए। लहान २२ का लागि अजोधि कामैत २३ र रुपेश यादवले १० रन बनाउनु बाहेक कसैले दोहरो अंकको रन बनाउन सकेन। लहान २२ लाई ८९ रनमा समेट्न लहान ३ का नितिश यादवले ३ र पप्पु यादवले उत्कृष्ट बलिङ्ग गर्दै २ विकेट लिएका थिए।

९० रन्को विजय लक्ष्य सहित मैदानमा उत्रेका लहान ३ का पप्पु यादव र नरेश कामैतले विस्फोटक ब्याटिंग गर्दै मात्र ६ ओभर ४ बलमा ९० रन बनाउदै बिना कुनै क्षति १० विकेटको जित निकालन सफल भएका थिए। म्यान अफ द म्याच घोषित भएका पप्पु यादवले २७ बलमा ४ चौका र ४ छक्काको मद्दतले ४६ रन बनाउदै प्रतियोगिताकै सबै भन्दा लामो छक्का समेत  हानेका छन्। त्यस्तै नरेश कमैतले १३ बलमा ह्याट्रिक ४ चौका प्रहार गर्दै ७ चौकाको मद्दतले २९ रन बनाई आफ्नो टिमलाई विजय बनाउदै सेमी फाइनलमा प्रवेश गरेका छन्। लहान स्थित पशुपति आदर्श माविको खेल मैदानमा जारि प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल दिउँसो २ बजे देखि लहान ४ र लहान ८ ( ब्लु ) बीच हुने छन् भने दोस्रो सेमी फाइनल खेल बेलुकी ७ बजे बाट लहान ८ र लहान ३ बीच हुने आयोजकले जनाएका छन्। यस खेलमा राष्ट्रीय स्तरमा खेल्ने मधेश प्रदेशका ख्याती प्राप्त खिलाडीहरुको पनि सहभागिता रहने जनाइएको छ।  
 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.