शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे
आश्वीन १, २०८१ | फिरोज शेख


ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको १४९९ औं जन्मोत्सव धुमधामका साथ मनाएका छन। ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रबीउल अव्वल १२ तारिखका दिन मुलुकको समृद्धिको कामना गर्दै लहानमा पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव " मोहम्मद–डे " हर्षोल्लासका साथ हजारौ मुस्लिम समुदायहरुको उपस्तिथिमा मनाएका छन् ।‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ मुस्लिम समाज लहान नगरपालिकाको आयोजनामा सिरहा लहानका मुस्लिम समुदायहरुले शान्ति पदयात्रा ¥याली निकाली लहान नगरपालिका परिक्रमा गरि मंगलबार  " मोहम्मद–डे " मनाएका हुन्।

मुस्लिमसमुदायको अन्तिम धर्म प्रवर्तकको रुपमा रहनुभएका पैगम्बर हजरत मोहमम्दको १४९९ औं जन्मदीनको अवसरमा हजारौको संख्यामा उपस्थित सिरहा लहानका मुस्लिम समुदायहरु विभिन्न नारा ,वाचन तथा उनका उपदेश र वाणीहरुको स्मरण गर्दै जन्मोत्सव मनाएका छन । ¥याली विहान १० बजे लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानका विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएको थियो। ¥यालीमा सहभागीहरूले नेपालको राष्ट्रिय झन्डा सहित धार्मिक वस्त्र, धार्मिक झन्डा फहराउदै पदयात्रा ¥याली निकालेका थिए।

नेपाल मुस्लिम संघका केन्द्रिय कोषाध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष अब्दुल करिम,पुर्व वडा अध्यक्ष सुलेमान मियाँ अन्सारी ,युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल लहान सिरहाका अध्यक्ष मोहम्मद इसराइल सिद्दिकी, नेवि संघका पुर्व अध्यक्ष मुस्ताक शेख, नेपाल मुस्लिम संघका नगर अध्यक्ष बद्री राइन ,शेख मिडिया हाउस प्रालिका संचालक फिरोज शेख , स्मृद्धिपथ दैनिक पत्रिकाका सम्पादक फिरोज सिद्दिकी, मुस्लिम समुदायका अगुवाहरु रियासत लिमि मुन्ना ,मोहम्मद मुस्तकिम, मोहम्मद इसाक , फैज आलम  ( लडन ) ,रहमत अलि , वासिम अकरम,हासिम राइन लगायत  विभिन्न मदरसा बाट पाल्नु भएका धर्मगुरु, युवा ,महिला ,छात्रछात्रा लगायत हजारौ मुस्लिम जनसमुदायको उपस्तिथी रहेको थियो। यसै बीच ¥याली लाई व्यवस्थित र शान्ति ,सुरक्षा प्रदान गर्न ईलाका प्रहरी कार्यलय लहानका नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान बाट खटिएका ट्राफिक प्रहरीहरु संगै सश्त्र प्रहरीको पनि बाक्लो उपस्तिथी रहेको थियो। यसै बीच मुस्लिम समुदायका मानिसहरुले सोमबार राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई झकिझकाउ बनाइ मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन)  र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्यहरु समेत गरेका थिए। लहानमा आयोजित शान्ति ¥यालीमा स्थानीय मुस्लिम समुदायका साथै हिन्दू धर्मावलम्बीहरू पनि सहभागि भएका थिए, जसले धार्मिक सद्भाव र भाइचाराको सन्देश समेत दिएका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.