फिरोज शेख लहान २०८१ मङ्सिर २९ -
नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्षमा मनोज बनैता यादब निर्वाचित भएका भएका छन् । निकटतम प्रतिद्वन्दी राम बाबु यादवलाई ३ मतले पराजित गर्दै यादब अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । शुक्रबार राती सम्पन्न मतगणना अनुसार मनोज बनैता यादबले ३३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी राम बाबु यादवले ३० मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा रोयान्टर मण्डल ३० मत प्राप्त गरि निर्वाचित भएका भए भने उनका निकटतम प्रतिद्वन्दी शिव दयाल यादव २८ मत प्राप्त गरेका छन्।
महिला उपाध्यक्ष यमुना खनाल र उषा मुमारी यादवले ३७/३७ मत प्राप्त गरि बराबरी गरेकी छिन। यसैगरी सचिवमा मुकेश कुमार यादबले २७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी फिरोज सिद्दिकी र बिरेन्द्र प्रसाद नेपालले २४/२४ मत प्राप्त गरे । सह सचिवमा एलिना हिन्माङ्गले ४० मत प्राप्त गरि विजयी भएकी छिन भने उनका निकटतम प्रतिद्वन्दी राजेन्द्र महतोले ३२ मत प्राप्त गरे । सहसचिव ( समावेशी ) मा धर्मेन्द्र कुमार पासवानले २७ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी दुर्गा परियारले २४ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा शुभ नारायण कामति ३४ मत प्राप्त गरि विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी महेश सिंहले २४ मत प्राप्त गरे।
यसैगरी खुल्ला सदस्यहरुमा जयनाथ यादव,नरेशचन्द्र बरबरिया, राकेश कुमार मिश्र , रामभरोसी कामति निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै महिला सदस्यमा विनिता चौधरी , दलित सदस्यमा सरोज कुमार पासवान पनि निर्विरोध निर्वाचित भए। त्यस्तै सदस्य जनजातिमा बिनोद कुमार मण्डल ४४ मत प्राप्त गरि निर्वाचित भए भने उनको निकटतम प्रतिद्वन्द्वी अनिल कुमार चौधरी ३१ मत प्राप्त गरेका छन्। त्यस्तै सदस्य मधेशीमा मोहन कुमार साहले ४३ मत प्राप्त गरि निर्वाचित भए भने उनको निकटतम प्रतिद्वन्द्वी सितल कुमार साहले २७ मत प्राप्त गरे। यसै बीच केन्द्रीय परिषद् सदस्यमा मनिलाल विश्वकर्मा, दिनेश्वर प्रसाद गुप्ता र देवकुमार यादव निर्वाचित भएका छन् । त्यस्तै मधेश परिषदमा आशिष कुमार साह,गणेश प्रसाद साह,डा.जय नारायण यादव ,भारती गुप्ता र सन्तोष कुमार यादव निर्विरोध निर्वाचित भएका छन्। ८० जना सदस्य रहेको नेपाल पत्रकार महासंघ सिरहा शाखाको मतदानमा ७६ जनाले मतदान गरेका थिए।