शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटिको फ्युल
आश्वीन ५, २०८१ | सरगम खबर समाचारदाता

लाल बिहारी यादव सिरहा लहान २०८१ असोज ५ - 
विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ ) , टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस  रेडिअन (एफआइ) लहानमा अवस्थित राज ओटोमोबाइल टिभिएस शोरुम लहान स्थित शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका प्रवन्ध निर्देशक पत्रकार फिरोज शेख मार्फत सार्वजनिक गरेको छ। यी नयाँ उतपादनका साथ टिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभई सहज र इको-फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिन्छ।

टिभिएसले यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु  बिएस - भिआइ एफआइ  प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको छ । यी नयाँ उत्पादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथ उत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको जनाइएको छ ।

जगदम्बा मोटर्स प्रा.लि. का कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो, ूनेपालमा विगत ९ वर्षदेखि टिभिएस मोटर कम्पनीका आधिकारिक वितरकको रूपमा हामी फेरि ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी छौं। टिभिएस मोटरले सधैं हाम्रा नेपाली ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उत्पादनहरू प्रस्तुत गरेको छ । हामीलाई विश्वास छ, हाम्रा ग्राहकहरुलाई  यी नयाँ भेरियन्टहरूले चित्त बुझ्नेछ र यसको प्रस्तुतिले नेपालमा टिभिएस कम्पनीको पकड अझ मजबुत पार्नेछ । टिभिएस रेडर  एफआइ भेरियन्ट स् टिभिएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बीच लोकप्रिय रहेको  छ। हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुर्याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ ।

फ्युल दक्षता : यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस् कि लामो सवारीको लागि किफायती बनाउँछ। उत्तम प्रदर्शनस् राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन्।परिष्कृत स्टाइलिङस् टिभिएस रेडर  एफ़आइ भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रंगहरुमा उपलब्ध छ ।

टिभिएस एनटर्क भेरियन्टस् टिभिएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ।

यस भेरियन्टमा पाइने कुराहरु :
१ .सुपीरियर थ्रॉटल रेस्पोन्सस् उन्नत एफआइ प्रणालीले राइडरहरु बीच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ।
ड्ड इको(फ्रेन्डली राइड स् राम्रो फ्युल  व्यवस्थापनको साथ, टिभिएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मदत गर्दछ । 
२ .अत्याधुनिक डिजाइनस् एफआइ भेरियन्टले एनटर्कको आइकोनिक डिजाइन एलीमेंटहरु कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ ।

टिभिएस रेडिअन एफआइ भेरियन्टस् आधुनिक यात्रीको लागि डिजाइन गरिएको टिभिएस रेडिअन  एफआइले १५ ५ माइलेज दिन्छ , जसले हरेक यात्रालाई स्मार्ट,  सहज र प्रभावकारी बनाउँछ। यस भेरियन्टमा पाइन सकिने फाइदाहरु :

१. स्थायित्वस् रेडिअन एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने  माइलेज र प्रदर्शन दिन्छ। यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ।

१. आरामदायी र सुविधाजनक - यस  भेरियन्टमा भएको  लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल,  दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल  गियर सेल्फ-स्टार्ट सुविधाले , सवारीको अनुभव बढाउन्छ।

२. सुरक्षित : सुरक्षालाई  ध्यानमा  राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ, । टिभिएस रेडर , टिभिएस  एनटर्क र  टिभिएस रेडिअनका नयाँ एफआइ भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टिभिएस  डिलरशिपमा उपलब्ध छन्। टिभिएस रेडर  एफआइ  को मूल्य रु २,९२,९००/- , टिभिएस  एनटर्क एफआइ को मूल्य रु २,७९,९००/-  र टिभिएस रेडिअन  एफआइको मूल्य रु २,३६  ,९०० रहेको छ।


टिभिएस मोटर कम्पनी (BSE:532343 र NSE: TVSMOTOR)  विश्वभर प्रसिद्ध दुई र तीन पांग्रे सवारी साधन उत्पादन कम्पनी रहेको राज ओटोमोबाइल टिभिएस शोरुम लहानका प्रवन्ध निर्देशक राज गुप्ताले बताउनु भयो। यस कम्पनीले भारत र इन्डोनेसियामा अत्याधुनिक उत्पादन सुविधा राखेर दिगो गतिशीलतामा प्रगतिलाई प्रवर्द्धन गर्दै आएको छ। १०० वर्षको विश्वास, मूल्य, र ग्राहकप्रतिको भावनामा आधारित, यो उच्च गुणस्तरका नयाँ र दिगो प्रक्रियाहरूको माध्यमबाटअन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उत्पादनहरू निर्माणमा गर्व गर्दछ ।  टिभिएस मोटर केवल एकमात्र दुई - पांग्रे सवारी साधन कम्पनी हो जसले प्रतिष्ठित डेमिङ पुरस्कार जितेको छ। यसका उत्पादनहरू जेडी पावर आइक्युएस  र अपिल  सर्वेक्षणहरूमा आफ्ना वर्गमा  अगाडि छ । हामीले लगातार चार वर्ष जेडी पावर ग्राहक सेवा सन्तोषजनकता सर्वेक्षणमा नं. १ कम्पनीको रैंक प्राप्त गरेको राज ओटोमोबाइलका प्रवन्ध निर्देशक गुप्ताको दाबि छ।

 

टिभिएसको रेडर, एनटर्क र रेडिअन
आश्वीन ५, २०८१ | सरगम खबर समाचारदाता
बजाज पल्सर एन १५० अब नेपाली
असाड ३, २०८१ | सरगम खबर समाचारदाता
देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.