शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
साइबर सुरक्षा र ए.आई सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
पौष १६, २०८१ | फिरोज शेख

फिरोज शेख ,लाल बिहारी यादव २०८१ पुष १६ - 
मधेश प्रदेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालय आम संचार प्राधिकरण जनकपुरधामको आयोजना र नेपाल पत्रकार महासंघ सिरहा शाखाको सहयोगमा मंगलवार सिरहाको लहान स्थित होटेल सम्राट इनमा सम्पन्न भएको छ। आमसंचार प्राधिकरण मधेष प्रदेशका अध्यक्ष श्याम सुन्दर यादबको अध्यक्षता,गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यता र मधेष प्रदेशका सांसदहरु  राजेन्द्र चौधरी, जीबछी यादब,ललिता दास संगै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष अम्बिका दाहाल,प्रेस मञ्च नेपाल मधेश  प्रदेशका अध्यक्ष अमरेन्द्र कुमार यादब,लेखक एवं विश्लेषक राजेश विद्रोही,गृह संचार तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख दिपेन्द्र यादब,नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता, महासंघका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता लगायतको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रममा सिरहाका ९६ जना पत्रकारहरुको सहभागिता रहेको थियो। साइबर अपराध र ए.आई. प्रविधिको महत्त्व र आवश्यकता बारे नेपालि रेडियो नेटवर्कका संचालक तथा पत्रकार जीवन भण्डारी र पत्रकार प्रकाश मैनालीले सहजीकरण गरेका थिए ।  

कार्यक्रममा ए.आई  र साबर सुरक्षा सम्बन्धि घनिभूत छलफल र पत्रकारहरुको वर्तमान आर्थिक समस्या तथा दु:खद जीवन यापनमा देखिएका  यावत समस्याहरुको वृहत चर्चा गरिएको थियो। कार्यक्रम अभिमुखिकरण बिषयक भएपनि प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीले नेकपा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले आफू तीन पटक प्रधान मन्त्री रहेको बेला  प्रदेश सरकारका अधिकार किन सुनिश्चित गर्न सक्नुभएन,समावेशीता लगायतका मुदामा किन केहि गर्न सक्नुभएन,भ्रष्टाचारीहरुलाई किन कार्यवाही गर्न सक्नुभएन ? संबिधानमा उल्लेखित स्वायत प्रदेश,श्वात क्षेत्र र स्वायत इलाका किन लागु गर्न सक्नुभएन टिप्पणी गर्दै अहिले आएर कुनै बेला पूर्व कुनै बेला पश्चिम आएर  भ्रामक कुरा गरेर जनता भडकाउने काम नगर्नुस् जस्ता राजनीतिक अभिव्यक्ति दिएपछि संचारकर्मी  विवेक परियारले प्रमुखअतिथि लेखीलाई गिरी बन्धु काण्ड,वाइडवडी र ललिता निवास् लगायतमा भएका भनिएको भ्रष्टाचार लगायतको वारेमा पनि के हुदैछ जानकारी पाऊँ भनी प्रतिप्रश्न गरेका थिए। संचारकर्मी परियारले एनपिएल बिजेता जनकपुर बोल्ट्सका खेलाडिहरुले मधेश  आन्दोलनका उद्गम विन्दु लहानमा किन ट्रफि परेड गरेन ? लहानको जनता र पत्रकारहरु किन बाटो हेर्या हेरै भयो ? मधेष प्रदेश सरकारको ठाँउबाट जवाफ दिनुहोस् भनेर प्रश्न गरेका थिए।

सभापतित्वको आशनबाट बोल्दै आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै बढ्दो आधुनिकीकरणसंगै पत्रकारिता क्षेत्रमा अलग किसिमको प्रविधि प्रयोग हुँदै आएकोले सोही अनुसारको रुपान्तरण गर्नु जरुरी रहेकोले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताए । आम सञ्चार प्राधिकरणका प्रशासकीय प्रमुख प्रशन्नराज कर्णले कार्यक्रम संचालन गरेका थिए।


 

टिभिएसको रेडर, एनटर्क र रेडिअन
आश्वीन ५, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.