फिरोज शेख , लहान २०८१ पौष ५ -
विश्वकाउत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमाउपलब्ध गराउने प्रतिबद्धताका साथ, विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माताहीरो मोटोकर्पले लहान सहित देशैभर दुई नयाँमोटरसाइकल - एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ। सिरहाको लहानमा अवस्थित सिटि ट्रेड कन्सर्न हिरो मोटर साइकल शो रुमले एक कार्यक्रमको आयोजना गरि एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल सार्वजनिक गर्दै बिक्रि वितरण शुरु गरेका छन्। सिटि ट्रेड कन्सर्नका संचालक रमेश कुमार सिंहले मेयर महेश चौधरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम गरि उक्त मोटरसाइकलहरु सार्वजनिक गरेका छन् ।कार्यक्रममा जिल्ला उद्योग वाणिाज्य संघका अध्यक्ष विकास
शार डा, वडा अध्यक्ष रामदयाल महतो, सिजी ग्रुपका बजार प्रतिनिधि अनमोल महरा , समाजसेवी राम नारायण महतो , संचारकर्मी, समाजसेवीहरु लगायत स्थानीयको उपस्थिति रहेको थियोे ।
हीरो मोटोकर्पले एक्स्ट्रिम रेंजमार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन-आधारित मोटरसाइकलको चाहना पुरा गर्नेउद्देश्य लिएकोे छ। एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमाहीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने माकम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी(प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्यसीबीएस भेरियन्टका लागिरु. २,८९,९०० रएबीएस भेरियन्टका लागिरु. ३,११,९०० तोकिएको छ।
सार्वजनिकयीदुबै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लसमोटरसाइकलहरू रजुम ११० स्कूटरसँगै असेंम्बल गरिएकोकम्पनीले जानकारी दिएको छ ।
बाइक सार्वजनिक गर्न आयोजित कार्यक्रमका अवसरमा बोल्दै, हीरो मोटोकर्पका एरयिा सेल्स मैनेजर गरिीधरानन्द महराले भन्नुभयो,“नेपालको परिवर्तनशीलग्राहकहरूको आवश्यकता पूरा गर्दै, हाम्रो नयाँउत्पादनलाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवितगर्नु हाम्रो अहिलेको मूलउद्देश्य हो। नयाँएक्स्ट्रिम रेंज को सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँहीरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ। हामी आफ्ना ग्राहकहरुको अनुभवलाई अझ विशेष बनाउने तिर केन्द्रित छौँ। यो नयाँ उत्पादन पोर्टफोलियोले नेपालको नयाँ पुस्ताका राइडरहरू सँग समन्वय स्थापित गर्दै बजारमा उत्साह फैलाउने र देशभर हाम्रो उपस्थिति विस्तार गर्न अझ बढी मद्दत गर्नेछ।”
सटिी ट्रेडर्स कन्सर्नका प्रो। रमेश कुमार संिहले भन्नुभयो,“नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ। यी दुबै मोटरसाइकल नेपालको परिवर्तनशील बजार आवश्यकता सँग पूणर्रूपमा मेल खान्छन्। नवीनतम प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन मार्फत यी मोडेलहरूले ग्राहकहरूको यात्रा अनुभवलाई पुनः परिभाषित गर्ने छन्। बहु उपयोगीता, स्टाइलिश शैली र उत्कृष्ट कार्य क्षमता मार्फत एक्स्ट्रिम मोटरसाइकलले शहरी यात्री तथा एड्भेन्चर प्रेमीहरू दूबैको आवश्यकतालाई सम्बोधन गर्ने छ । हीरो मोटोकर्पको विश्वास र नव प्रवर्तनको इतिहास तथा नेपालको भौगोलिक र उपभोक्ताहरूलाई प्राथमिकतामा राख्दै सीजीमोटर्सको अनुभवले यीमोटरसाइकलहरू मार्फत दुईपांग्रे सवारी साधनको क्षेत्रमा नयाँ स्तर स्थापित गर्नेमा हामी विश्वस्तछौँ।”
हीरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो। कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्ड द्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ। चौधरी ग्रुप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो। १ सय ६० भन्दा बढी कम्पनी संचालन गर्ने यस समूहसँग, १५,००० भन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन्। यसै बीच हिरो १२५ आर खरिद गर्ने पहिलो ग्राहक लहान १० निवासी दिनेश कुमार चौधरीलाई चावी र दशैँ तिहारको अवसरमा लक्की ड्रमा ५ लाख पुरस्कार पाएका रामकिसुन यादवलाई चेक हस्तान्तरण गरिएको छ । अतिथिहरुलाई मायाकाे चिनो , खादा मालाले स्वागत सम्मान गरिएको थियो। कार्यक्रमको संचालन संचारकर्मी फिरोज शेखले गर्नु भएको थियो।
उत्पादनका विशेषताहरू
एक्स्ट्रिम १६० आर फोरभी
एक्स्ट्रिम १६० आर फोरभीले १६० सी सी सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउँदै १६३ सीसी ४-भल्भबीएस-भीआई इन्जिन प्रदान गर्दछ। यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्द छ। यो मोटरसाइकलले ०-६० कि.मी./घण्टामात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल हो। यसलाई अझउच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७-स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ। यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ।
एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्धरहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्धछ । साथै,आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुने छ ।प्रविधिको दृष्टिले, यसमा फुल-एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटी सहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल/एसएमएस अलर्टलगायत सुविधाहरु प्नि उपलब्ध गरिएको छ । यी सुविधाहरुले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ, जसले गर्दा उच्चतम स्तरको अनुभव खोज्नेहरूका लागि यो मोडेल अती उपयोगी हुने छ ।
एक्स्ट्रिम १२५ आर
एक्स्ट्रिम १२५ आरले १२५सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्द छ । यसले ११.४ बीएचपीपावर उत्पादन गर्दै, ०-६० कि.मी./घण्टा केवल ५.९ सेकेन्डमा पुर्याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटीप्रणाली उपलब्ध गरिएको छ , जसले थप सन्तुलित यात्राको अनुभव दिन्छ । साथै,हीरोको आई थ्री एस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्ने छ ।एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७-स्टेप एडजस्टेबल मोनो-शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ। फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा,दूबै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ ।
सुरक्षाका लागि, यसमा सिंगल च्यानलएबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन्। फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरुमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरूको ध्यानाकर्षित गर्नमा कम्पनी विश्वस्त रहेको छ।