शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बैंकले रूवाए रामचन्द्रलाई, तत्काल दुई बुँदे सहमति
पौष १२, २०८१ | सरगम खबर समाचारदाता

लाल बिहारी यादव लहान २०८१ पुष १२ - 
कृषि बिकास बैंक लहान शाखाले एक सोझा किसानलाई मर्नु न बाँच्नु बनाई दिएको छ।बैंकले उनको सिरहाको पूर्व पश्चिम राजमार्गको लहानस्थित ट्राफिक कार्यालयको करिब २०० मिटर पशिचम राजमार्गको मुख छुने गरि दक्षिणपट्टि  रहेको चलन चल्तिको भाव करिब २ करोड ५० लाख र बैंक आफैले मुल्यांकन गरेको १ करोड ९५ लाखपर्ने जिल्ला सिरहा गा.बि.स. सिंगराही मटिअर्वा वडा नं. ५ कि.नं. ४६९ को ज.बि. ०-०-७.२५ जग्गामा निर्मित १२ कोठे दुई तले घर सहितको जग्गा रु.४५,००५५५/- मै लिलामी बिक्री गरि दिनुले बैंकमाथि बिचौलियासंगको सेटिंगमा सम्पूर्ण प्रकिया पुर्याई बैंकका आधिकारिक व्यक्तिले मोटो रुपैया अबैध कमाई गरेको देखिन्छ। जग्गाधनी रामचन्द्र यादवले २०५१ सालमा किनेको उक्त जग्गा यहि पुष १ गतेमा अरुलाई डाक लिलाम गरि बेचिदिएको थाहा पाएदेखि भक्कानिएर रुदै उक्त बैंक गए,गुहार मागे र कुनै आश नपाए पछि आफ्नो उक्त जग्गा फिर्ता गराई दिन सामाजिक अगुवा ,पत्रकार र नेता गणहरुसंग हार गुहार मागिरहेका छन्।वहाँको यो पिडा बुझेर स्थानीय समाजसेवी तथा राजनिति कर्मि वालेश्वर यादब,गरिब असहाय वर्गका समस्या समाधानमा अधिक रुचि राख्ने कम्युनिष्ट वृतका कट्टर व्यक्तित्व तथा सच्चाई छुपाउन नसक्ने निडर लेख रचनामा सिरहा जिल्लाकै एक मुर्धन्य पत्रकारको रुपमा चिनिनु हुने गोरखापत्र सिरहा लहान संवाददाता जीबछ यादब उदासी,पत्रकार महासंघ सिरहाका नव निर्वाचित उपाध्यक्ष रोयन्टर मण्डल र मधेष आन्दोलनका योद्धा युवा नेता तथा पत्रकार विजय यादब,जिल्ला पत्रकार महासंघ सिरहाका पूर्व कार्यसमितिका सदस्य भएपनि सदस्यता नविकरणबाट बन्चित गरिएका निरुत्साहि दशकौदेखि पत्रकारिता गरेका सक्रिय पत्रकार बिरु यादब लगायतका अगुवाईमा दर्जनौ पत्रकार र समाजसेबीहरुले कृषि बिकास बैंकले एक सोझा व्यक्तिलाई दिएको हृदयविदारक दु:खबाट मुक्ति दिलाउन लागि परेका छन्। अन्न पानी त्यागि दिनभरि टौलाईरहेका पिडित यादब भक्कानिदै सहयोगको भिक्षा मागिरहेको देख्दा जो कोहिले पनि कृषि बिकास बैंक लहानलाई श्रापीरहेको छ। आफ्नो २ करोडभन्दा बढीको सम्पति रु.४५,००,५५५ मै लिलाम प्रक्रिया पुर्याएर बेचि दिएकोले यादबको परिवारै बिचलीमा परेका छन्।
 पिडित यादबले गत पुष ९ गते तिआफ्ना लिलामत घर अगाडि पत्रकार सम्मेलन गरि प्रेस विज्ञप्ति जारे गरेपछिको सघन मेडियाबाजीका कारण बिभिन्न सहयोग हातहरु लगायत दर्जनौ किसानहरुको थप उपस्थितिमा विहिवार बैंकमा तालाबन्दि मात्र भएन दिनभरि बैंक परिसर तनाबमय र आन्दोलित रह्यो। जनपद तथा  शसस्त्र प्रहरिको बाकलो तैनाथी नभएको भए ठूलो संख्यामा उपस्थित आादोलनकारीहरुका कारण स्थिति थप बिग्रन सक्ने थियो।

प्रेस विज्ञप्ति यस्तो थियो-  "प्रस्तुत बिषययमा जिल्ला सिरहा गा.वि.स.सिसवनी वडा नं.३ परिवर्तित ऐ नपा लहान वडा नं. २२ सिसवनी घर भई हाल न.पा. लहान वडा नं २ बस्ने म ऋणी राम चन्द्र यादवले गिति २०७७/११/१५ गतका दिन कृषि बिकास बैंक लि. लहान शाखाबाट रु ३०,००,०००/- तिस लाख रुपैयाँ कर्जा भनि लिएकोमा उक्त कर्जा लिए बापत धरौटीको रुपमा जि.सिरहा गा.वि.स.सिगराही मटियां वडा नं. ५ को कि.न. ४६९ को ज.वि.०-०-७.२५ जग्गा राजमार्गमा छुने मुखभएको सोम बनेको दुईतल्लो पक्कि घरमा जम्मा कोठा थान १२ समेत रहेको घरजग्गा सम्बन्धित मालपोत कार्यालयबाट रोक्का राखी दिएकोमा सो बैंकको नियमानुसार म राम चन्द्र यादवले व्याज रकम बुझाउँदै आएतापनि उक्त बैंकको के कुन नियमले मेरो उक्त जग्गा मिति २०८०।०६।२९ गते देखि डाक लिलामको सूचना निकाली पटक पटक बैंकका कर्मचारीले तपाईको जग्गा लिलाम गरिदिन्छौ भनि फोनमार्फत धाक धम्की दिदै आएतापनि म राम चन्द्र यादव ऋणीले उक्त बैंकको ज रु.१९९२७७३.०९ हाल सम्म बुझाईस के तापनि हाल मिति २०८१ साल कार्तिक महिनामा जग्गाको मूल्याङ्कन भन्दा कैयौं गुना कम गरी अर्थात जग्गाको मूल्याङ्कन १४५०००००।- एक करोर पैतालिस लाख र रु ५००००००।- पचास लाख रुपैयाँको घर गरी जम्मा रु. १९५०००००/- एक करोर पन्चानब्बे लाख रुपैयाँ हुनेमा उक्त डाक लिलामी रु ३५०००००।- पैतिस लाख रुपैयाँमा गरी जिल्ला सुन्सरी गाःपाःभोकराह वडा नं. ३ बस्ने वर्ष ४६ की तारा कुमारी रौनियारको नाममा रजिष्ट्रेसन पास गरि दिएको हो। उक्त जग्गा कौरीको दर- रेटमा बैकले लिलाम गरि म ऋणी राम चन्द्र यादवलाई सडकमा ल्याउने योजना बनाएको वा विवस भई आत्म हत्या गरिहालोस भनि सोचका साथ जग्गा लिलाम गरेको हुँदा उक्त उल्लेखित जग्गा जति दर रेटमा लिलाम गरेको हो म ऋणी आफै उस्त रकम तिरि बुझाई दिनेछु उक्त जग्गा बैंकले मलाई फिर्ता गरि दियोस नगरेमा यो घरपरिवारमा हुने नाक्सानीको सम्पूर्ण जिम्मेबारी बैंक नै हुने छ भनि ज्ञापन मार्फत हार्दिक अनुरोध गर्दछु । अतः यस कर्यालयबाट जे जो कानून बमोजिम हुने छ सहयोग गरी
पाउँ भनि ईलाका प्रहरी कार्यालय लगन, सिरहा ,न.पा. लहान वडा नं. १ को कार्यालय, लहान र ईलाका प्रशासन कार्यालय, लहान लाई बोधार्थ गरिएको छ।

साथै यो ब्यहोराको जानकारी प्राप्त भएपछि नेपाल उद्यमी व्यबसाय कल्याण संघ लाहानलाई गम्भीर ध्यानाकर्षण भएको र यस्तो रबैयाको घोर बिरोधको साथै आगामी शनिवार बिरोध कार्यक्रम हुने, बैंक,राष्ट्र बैंक तथा नेपाल सरकारको यस्तो रबैया प्रति गम्भीर बिरोध कार्यक्रम घोषणा गरिने ब्यबहोरा सम्बन्धित सबैलाई जानकारी गराउद्छु भन्द‌ै  नेपाल उधमी ब्यबसाय कल्याण संघ लहान सिरहाका सचिब देव नारायण साहले एब विज्ञप्ति जारी गर्दै सामाजिक संजालमा पोष्ट गरेका छन्।

मिडियाकै मार्फत यस क्रिया कलापवारे जानकारी प्राप्त भएपछि उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडाको स्वस्फूर्त पहलमा बैंकर्षहरुको आपतकालिन बैठक डाकी ती समस्या समाधान तर्फ ध्यान आकर्षण भयो। अन्तत विहिबारै साँछ ६:३० बजेतिर बैंक प्रतिनिधि शाखा प्रमुख विवेक पौडेल,बाणिज्य महासंघका अध्यक्ष शारडा र पिडित पक्षको तर्फबाट नेता वालेश्वर यादब लगायतका बिच पुष ११ गते शुक्रवार उक्त जग्गा रोक्का र यहि महिनाको २२ गते लिलाम बिक्रि भइसकेको सो घर जग्गा पिडित राम चन्द्र यादबको नाममा फिर्ता हुने प्रकियामा जाने सर्त सहितको २ बुदे सहमति भएको शारदा र यादबद्वारा जानकारी गराइएको छ। बैकमा लगाइएको ताल्चा खोलिएको छ।

 

रोटरी क्लव अफ लहानको चौथो बोर्ड
पौष १४, २०८१ | फिरोज शेख
बैंकले रूवाए रामचन्द्रलाई, तत्काल दुई बुँदे
पौष १२, २०८१ | सरगम खबर समाचारदाता
समाजसेवी नेता देव नारायण साहलाई मात्रृ
मंसिर २७, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.