फिरोज शेख लहान २०८१ पौष १६ -
लहान क्रिकेट क्लबद्वारा आयोजित रोयल सफ्टेक कलेज इन्टर स्कूल टि -२० क्रिकेट लिग प्रतियोगिता (सिजन वन ) , पावर्ड बाई : एल.एम. सी . सेकेन्डरी स्कुल लहान ६ को फाइनल खेलमा अपोलो ओम बोर्डिंग स्कूल र श्री लक्ष्मन ललिता कुशवाहा मावि भिड्ने भएका छन्। प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न पहिलो सेमी फाइनल खेलमा अपोलो ओम बोर्डिंग स्कूलले लहान प्यारागन पब्लिक स्कूललाई १२ रनले हराउदै फाइनलमा पुगेका छन्।त्यस्तै दोस्रो सेमिफाइनल खेलमा श्री लक्ष्मन ललिता कुशवाहा माविले बेबी एन्जल स्कूललाई २२ रनले हराउदै अपोलो संगको फाइनल भिडन्तमा आफ्नो स्थान पक्का गरेका हुन्।
पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अपोलो स्कुलले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२२ रन बनाएका थिए। अपोलोका लागि आयुस विश्वकर्मा २५ ,निश्चल गुप्ता २०, लक्की चौधरी २४ र चंद्शेखर यादव १६ र आयुस गोस्वामीले ११ रन जोडेका थिए। बलिङ्ग तर्फ प्यारागनका अभिनाष यादव ३ रमण यादव र नितिश यादव २/२ विकेट लिए भने रुपेश यादवले १ विकेट लिएका थिए। १२३ रनको विजय लक्ष्य सहित मैदानमा ब्याटिंग गर्न उत्रेका प्यारागन स्कूलका रुपेश यादव ३७,अमित यादव २० र सलमान खान ८ रन बनाउनु बाहेक कुनै पनि खिलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा २० ओभर खेल्दै ९ विकेट गुमाई ११० रनमै समेटिएको थियो। बलिङ्ग तर्फ राहुल गुप्ता ३, चंद्शेखर यादव ,आयुष विश्वकर्मा र अंकित गोस्वामीले सम्मान १/१ विकेट लिएका थिए। उत्कृष्ट बलिङ्ग गरेका राहुल गुप्ता प्लेयर अफ द म्याच घोषित भएका छन्।
त्यस्तै दोस्रो सेमीफाइनलमा टस जितेर पहिला ब्याटिंग गरेका श्री लक्ष्मन ललिता कुशवाहा माविले रितेश महतो ५२ ,सतिश शेखर यादव र आदित्य यादवको १८ रन संगै अतिरिक्त ४५ रनको मद्दतले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६० रन बनाएका थिए। बलिङ्ग तर्फ बेबी एन्जलका सोनु यादव ३ ,संजित महतो २ ,मनिष कुमार चौधरी र अमन पासवान र दुर्गेश पासवानले सम्मान १/१ विकेट लिएका थिए। १६१ रनको विजय लक्ष्य सहित मैदान प्रवेश गरेका बेबी एन्जलका खिलाडीहरु मध्ये चन्दन यादव ३८,श्रीशांत यादव २१ हेम नारायण यादव १३ र प्रिन्स यादवले १० रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त हुन् सकेन र १७ ओभर ४ बलमा अलआउट हुँदै १३८ मै समेटिदा २२ रनले पराजित भएका छन्। बेबी एन्जल लगातार ३ पटकको उपाधि विजेता भएता पनि यस पटक फाइनलमा आफ्नो स्थान बनाउन बाट चुकेका छन्। बेबी एन्जललाई १३८ रनमा रोक्न दिपक यादव र सुभाष यादवले ३/३ विकेट लिएका थिए भने अर्धशतक बनाएका रितेश महतो र नितेश यादवले १/१ विकेट लिएका थिए। ४२ बलमा ५२ रन बनाएका रितेश महतो प्लेयर अफ द म्याच घोषित भएका छन्। महतो यस अघि पनि एक शतक र एक अर्धशतक लगाइसकेका छन्।
प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका २४ वटा टीमलाई गोलाप्रथा मार्फत "ए" ग्रुप देखि "एच" ग्रुप सम्म रखिएको थियो।प्रत्येक ग्रुपमा ३/३ वटा टिम सहभागी गराइएकोमा प्रत्येक ग्रुपमा उत्कृष्ट प्रदर्शन गरेका ८ वटा टिम क्वाटर फाइनल खेलेका थिए। खेल लहान १० स्थित जे एस मुरारका बहुमुखी क्याम्पस लहानको अगाडी ट्रायल सेन्टरको छेउमा अवास्तिथ खेल मैदानमा भइरहेको छ।प्रतियोगिताको मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज लहान ,प्रिन्टिंग पार्टनर अम्बिका अफसेट प्रेस लहान , फुड पार्टनर महाराजा रेस्टुरेन्ट & बार रहेका छन्। प्रतियोगिताको फाइनल खेल पुष २० गते शनिबार विहान १० बजे बाट हुने आयोजकले जनाएका छन्।