शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हिरोले ल्यायो एक्कासी मालामाल दसैँ–तिहार अफर : बिरेन्द्रले पाए एकलाख
आश्वीन २, २०८१ | फिरोज शेख

सिरहा लहान २०८१ आश्विन २ - 
अल्फा क्रियटिभ इनटरप्राजेज प्रालि मिर्चैयाले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ–तिहार लक्षित अफर ‘एक्कासी मालामाल दसैँ–तिहार अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले हिरोका जुनसुकै मोडेलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कार्डद्वारा नगद पाँच लाख रुपैयाँसम्मको स्योर सट क्यास जित्न सक्ने अल्फा क्रियटिभ इनटरप्राजेज प्रालि मिर्चैयाले जनाएको छ। यसै बीच सिरहाका बिरेन्द्र कुमार महतोले हिरो मोटरसाइकलको खरिदमा स्क्र्याच कार्ड मार्फत नगद रु.एक लाख डिस्काउन्ट प्राप्त गरेका छन्। अल्फा क्रियटिभ इनटरप्राजेज प्रालि मिर्चैयाले ग्राहक बर्गको सेवा सुविधालाई मध्यनजर गर्दै जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर एक्चेन्ज गरि नयाँ मोडलका जुनसुकै हिरो मोटरसाइकल तथा स्कुटर दिनुका साथै दशैं तिहार सम्म शनिबारको दिन पनि सर्भिस सेन्टर  तथा शोरुम खुल्ला रहने जनाएका छन्। "साथै नजिकिँदै गरेको नेपालीहरुको माहान चाड विजयादशमीको पवनअवसरमा नेपाल तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाई ,दिदीबहिनी सम्पूर्णमा 'अल्फा क्रियटिभ इनटरप्राजेज प्रा.लि. परिवारलेअग्रिम शुभकामना व्यक्त गरेका छन्। थप जानकारी चाहिएमा: ९८०१५५९४२४ र ९८०१५५३३०० सम्पर्क गर्न सक्नुहुनेछ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.