शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल बैंकको पाँचौ एक्सटेन्सन काउन्टर संचालनमा
भाद्र १४, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ भदौ १४ - 
नेपाल बैंक लिमिटेडले सर्वसाधारण तथा सेवाग्राहीको सुविधाका लागि लहान नगरपालिकाको परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी र विशिष्ट अतिथि बैंकका मधेश प्रदेश प्रमुख प्रदिप पाठकले संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। शुभारम्भ कार्यक्रममा नगरप्रमुख चौधरीले सेवा ग्राहीको हितहुने गरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए। एक्सटेन्स काउन्टरको सेवा शुभारम्भ गर्दै बैंकका मधेश प्रदेश प्रमुख पाठकले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र लहान नगरपालिकाको एक्सटेन्सन काउन्टर त्यसको एउटा उदाहरण रहेको बताए ।


कार्यक्रमको अध्यक्षता गरेका नेपाल बैंक लिमिटेड लहानका शाखा प्रमुख चन्द्रदिप कुमार साहले बैंकले अघि सारेका विभिन्न योजनाका बारेमा जानकारी गराउदै लहान नगरपालिकाको परिसरमा संचालनमा आएको एक्सटेन्सन काउन्टर मधेश प्रदेश अन्तर्गत पाँचौ काउन्टर रहेको समेत जानकारी गराए। शाखा प्रमुख साहले लहान नगरपालिकाले एक्सटेन्सन काउन्टर संचालनका लागि स्थान उपलब्ध गराएकोमा नगरप्रमुख चौधरी  सहित सम्पूर्ण कार्यपालिका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता, लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा,लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो,  ,घरेलु तथा साना उधोग लहानका प्रमुख दिपेन्द्र यादव ,लहान १२ का वडा अध्यक्ष बद्रि नारायण चौधरी , उपभोक्ताको तर्फबाट बिरेन्द्र झाले शुभकामना मन्तव्य राख्दै बैंकहरुको वर्तमान अवस्था र व्यवस्थाका बारेका आ-आफ्नो विचार राखेका थिए। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष ,बैंक तथा लहान नगरपालिकाका कर्मचारी , संचारकर्मी तथा सर्वसाधारणहरुको बाक्लो उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.