फिरोज शेख लहान २०८१ पौष १५ -
लहान क्रिकेट क्लबद्वारा आयोजित रोयल सफ्टेक कलेज इन्टर स्कुल टि -२० क्रिकेट लिग प्रतियोगिता (सिजन वन ) , पावर्ड बाई : एल.एम. सी . सेकेन्डरी स्कुल लहान ६ अन्तर्गत सोमबार सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा प्यारागन पब्लिक स्कूल ३ रनले विजय हुँदै सेमिफाइनल प्रवेश गरेका छन् I टस जितेर पहिला ब्याटिंग गरेको प्यारागन स्कूलले निर्धारित १५ ओभरमा ३ विकेटको क्षतिमा १२० रन बनाउदै लहान मेरी चिल्ड्रेन स्कूललाई १२१ रनको टार्गेट दिएको थियो I १२१ रनको विजय लक्ष्य सहित ६ ओभरमा ६६ रनमा कुनै पनि विकेट नगुमाएका मेरी चिल्ड्रेनको ७ ओभर पछि लगातार विकेटको पतन हुँदा १५ ओभरमा ७ विकेट गुमाई ११७ रनमै समेटिदा ३ रनले पराजित भएका हुन्। प्यारागन स्कूलका लागि सलमान खानले ४२ बलमा ४५ रन बनाए पनि स्ट्राक रेटका आधारमा ११ बलमा २८ रन बनाएका रमण यादवलाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो।
त्यस्तै सोमबार नै सम्पन्न अन्तिम तथा चौथो क्वाटर फाइनल खेलमा श्री लक्ष्मन ललिता कुशवाहा मावि ८ विकेटले विजय भएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको स्कूल ऑफ स्कॉलर्स ( SOS) ले निर्धारित १५ ओभरमा ८ विकेट गुमाई ८९ रन बनाएको थियो। स्कूल ऑफ स्कॉलर्सका आलोक यादव १० बलमा २६ रन बनाउनु बाहेक अन्य खिलड़ि ललकुका शुभाष यादवको घातक बलिङ्ग सामु राम्रो प्रदर्शन गर्न नसक्दा मात्र ८९ रनमा समेटिएको हो। ९० रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका ललकुका खिलाडीहरु आक्रमक ब्याटिंग गर्दै ८ ओभर ४ बलमा २ विकेटको क्षतिमा ९५ रन बनाउदै सेमिफाइनल पुगेका छन्। श्री लक्ष्मन ललिता कुशवाहा माविका लागि रितेश महतो २५ बल खेल्दै ५१ रन बनाइ नट आउट रहे भने प्लेयर अफ द म्याच घोषित भएका शुभाष यादव ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए। स्कूल ऑफ स्कॉलर्सका बलर आरब महतो र अंकित यादवले सम्मान एक/एक विकेट लिएका थिए। प्रतियोगिताको सेमिफाइनल खेल मंगलबारनै हुने आयोजकले जनाएका छन्। सेमिफाइनलको पहिलो खेलमा अपोलो ओम बोर्डिंग स्कूल र प्यारागन पब्लिक स्कूल बीच प्रतिस्पर्धा हुने छन् भने दोस्रो सेमी फाइनलमा बेबी एन्जल स्कूल र श्री लक्ष्मन ललिता कुशवाहा मावि आमुने-सामुने हुनेछन।