फिरोज शेख लहान २०८१ मङ्सिर ३० -
सिरहा सेवा समाज कतारको नवौं अधिवेशन बाट जयप्रकाश यादवको नेतृत्वमा सिरहा सेवा समाज कतारको नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा जयप्रकाश यादवको अध्यक्षतामा ४० सदसीय नयाँ कार्यसमिति चयन भएको हो। सिरहा सेवा समाज कतारको नयाँ कार्यसमितिको अध्यक्षमा जयप्रकाश यादव ,प्रथम उपाध्यक्ष अब्दुल कादिर , द्वितीय उपाध्यक्ष: शिवनाथ यादव , तृतीय उपाध्यक्ष: बिनोद कुमात सिंह ,महासचिव: मनोज चौधरी ,सचिवहरूमा कपिलदेव यादव, बालेश्वर यादव , कोषाध्यक्ष: बिशेश्वर चौधरी , सह-कोषाध्यक्ष: रमानन्द राम , युवा संयोजक: बलराम यादव , युवा सह-समन्वयक: ध्यानी कामती , मिडिया संयोजक: रामएकवाल राम , सह-मिडिया संयोजक: शियाराम यादव रहेका छन्। त्यस्तै
सदस्यहरूमा दिपेन्द्र प्रसाद यादव, सफिरुल राईन, बिरेन्द्र कुमार साह, शिवकुमार यादव, नाईम साफी, रामचलितर यादव, ज्ञानेन्द्र मण्डल, दुर्गेश यादव, बिरेन्द्र यादव, बिरेन्द्र सिंह, असरफ अली, अर्जुन यादव लगायत चयन भएका छन्। भने समिति सल्लाहकार संयोजकमा याकुब मिया चयन भएका छन्। अन्य सल्लाहकारहरूमा शिवकुमार महतो, रामजुलुम साह, उदय मण्डल, पवन ठाकुर, जाकिर राईन, रामकुमार यादव, रामकल्याण महतो, प्रमोद ठाकुर, सुमनारायण चौधरी, अरुण यादव, सन्तोष विश्वकर्मा रहेका छन्।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रेम मण्डलले गरेका थिए भने खुला सत्रका प्रमुख अतिथि सिराहा जिल्ला समन्वय समितिका सभापति दिनेश कुमार महतो रहनु भएको थियो। प्रमुख अतिथि महतोले समाजको योगदानको प्रशंसा गर्दै नयाँ कार्यसमितिले कतार र सिराहा जिल्लाबीच सम्बन्ध थप प्रगाढ बनाउँदै उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरे।अधिवेशनको क्रममा समाजका विशिष्ट व्यक्तिहरू, सहयोगीहरू, पत्रकार, र कलाकारहरूलाई कदरपत्रले सम्मान गरिएको थियो भने प्रमुख अतिथिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
पत्रकार रामएकवाल रामले सहजीकरण गरेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समापन सत्रमा निवर्तमान अध्यक्ष प्रेम मण्डलले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरे।सांगीतिक प्रस्तुति तथा शुभकामना मन्तव्यहरूले कार्यक्रमलाई थप जीवंत बनाएको थियो।