शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अपोलो ओम र बेबी एन्जल स्कूल सेमी फाइनलमा प्रवेश

11 Views

पौष १५, २०८१ | फिरोज शेख

फिरो शेख लहान २०८१ पुष १५ - 
लहान क्रिकेट क्लबद्वारा आयोजित रोयल सफ्टेक कलेज इन्टर स्कूल टि -२० क्रिकेट लिग प्रतियोगिता (सिजन वन ) , पावर्ड बाई : एल.एम. सी . सेकेन्डरी स्कुल लहान ६ अन्तर्गत आइतबार सम्पन्न क्वाटर फाइनल खेलमा अपोलो ओम बोर्डिंग स्कूल र बेबी एन्जल स्कूल विजय हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।  क्वाटर फाइनल अन्तर्गत सम्पन्न पहिलो खेलमा अपोलो ओम बोर्डिंग स्कूलले लहान मनकामना स्कूललाई ३२ रनले हराउदै सेमी फाइनलमा प्रवेश  गरेका हुन्। टस जितेर पहिला ब्याटिंग गरेको अपोलो स्कूलले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएका थिए। १४० रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका लहान मनकामना स्कूलका खिलाडीहरु १९ ओभरमा अल आउट हुँदै १०७ रनमा समेटिदा एपोलो स्कूल ३२ रनले विजय भएका हुन्। अपोलो स्कूलका लागि ३२ रन बनाउनुका साथै ४ ओभरमा २१ रन खर्ची ५ विकेट लिएका अंकित गोस्वामी प्लेयर अफ द म्याच घोषित भएका छन्।

त्यस्तै क्वाटर फाइनल अन्तर्गत सम्पन्न दोस्रो खेलमा बेबी एन्जल स्कूलले लोर्ड बुद्ध युनिक स्कूललाई ३४ रनले हराउदै सेमिफाइनल प्रवेश गरेका छन्। टस जितेर पहिला ब्याटिंग गरेका बेबी एन्जलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा नरेश कामैतको अर्धसतकीय पारीको मद्दतले   १३८ रन बनाएको थियो। १३९ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लोर्ड बुद्ध युनिक स्कूलका खिलाडीहरु निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १०४ रनमै रोकिंदा ३४ रनको पराजय व्यहोरेका हुन्। बेबी एन्जल स्कूलको तर्फ बाट ३० बलमा ५३ रन बनाउदै ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका नरेश कामैत प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिता अन्तर्गत आज हुने क्वाटर फाइनल खेलमा लहान मेरी चिल्ड्रेन एकेडमी विरुद्ध लहान प्यारागन पब्लिक स्कूल र श्री लक्ष्मन ललिता कुशवाहा मावि विरुद्ध स्कूल ऑफ स्कॉलर्स ( SOS) प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको सम्पूर्ण म्याच लहान १० स्थित जे एस मुरारका बहुमुखी क्याम्पस लहानको अगाडी ट्रायल सेन्टरको छेउमा अवास्तिथ खेल मैदानमा भइरहेको छ।प्रतियोगिताको मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज लहान ,प्रिन्टिंग पार्टनर अम्बिका अफसेट प्रेस लहान , फुड पार्टनर महाराजा रेस्टुरेन्ट & बार रहेका छन्।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.