शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा प्याब्सनको ९औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न
पौष २७, २०८१ | फिरोज शेख

फिरोज शेख लहान सिरहा ,२०८१ पुष २७ - 
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिरहाको ९औं जिल्ला अधिवेशनको उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सिरहा प्याब्सनका अध्यक्ष उमेश चौधरीले गरेका थिए। प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो रहेका थिए। उद्घाटन समारोहमा लहान नगरपालिकाका उपमेयर राम चलितर महतो, प्याब्सन मधेश प्रदेश इन्चार्ज अनिल झा, प्याब्सन केन्द्रीय समिति सह-कोषाध्यक्ष विष्णु न्यौपाने, जिल्ला शिक्षा समन्वय इकाई सिरहाका प्रमुख दीपक राज कोलनी, राष्ट्रिय परीक्षा बोर्ड लहानका प्रमुख धनपति भेटवाल, जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडा, इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोती, प्याब्सन मधेश प्रदेश प्रमुख सल्लाहकार मुरारी प्रसाद साह, नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैतालगायत विभिन्न संघ-संस्थाका पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सम्पूर्णलाई मायाको चिनो र खादाले स्वागत गरिएको थियो। यस वर्ष सिरहा प्याब्सनमा आबद्ध विद्यालयलाई प्रमाण-पत्रसमेत हस्तान्तरण गरिएको छ।कार्यक्रम प्यारागन पब्लिक स्कुलको सभा हलमा आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि , विशिष्ट अतिथि लगायत सिरहा प्याब्सनमा आबद्ध निजि विद्यालयका पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। यस अधिवेशनले सिरहाको शैक्षिक सुधार र प्याब्सनको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.